सम्पर्कबिहिन भएका संदेश बस्नेतको खोजि गरौं

ठाकुर नगरपालिका २, रानिपुर भुरिगाउं, जिल्ला बर्दिया स्थायी रुपमा बसोबास गर्ने दिप बहादुर बस्नेतका ३२ वर्षिय छोरा संदेश बस्नेत गत श्रावण महिना २०८१ मा नेपाल देखि रोजगारीका लागि बेङ्लोर गएका थिए । बेङ्लोर पुगिसकेपछी त्यहाँ खासै काम नपाइएपछी आफ्नै देशमा फर्कनु संझिएर बेङ्लोरदेखि बसमा यात्रा शुरु गरेका थिए । २०८१ साल श्रावण महिनाको ३२ गते हैदराबादको गचिबावली भन्ने ठाउँमा खाना खना झरेका थिए । साथमा आफ्नै गाउँका छिमेकी बिरु परियार पनि रहेका थिए । खाना खाइ गाडीमा चढ्ने बेलामा केही मानसिक तनाब लिएर असहज भएको जस्तो छ भनी बिरु परियारले नेपालमा संदेश बस्नेतको आमालाई फोन गरेर जानकारी गराएका थिए । उक्त खबर सुनेपछी संदेश कि आमाले आफ्नो छोरालाई तलमाथि केही हुन नदिइकन राम्रोसँग लिएर आउन अह्राएकी थिइन् ।

हैदराबाद देखि रुपेडिया पुगुन्जेलसम्म कुनैपनी प्रकारको सम्पर्क कसैसङ पनि भएको रहेन्छ । रुपेडिया पुगिसकेपछी निज बिरु परियारले संदेशको श्रीमतीलाई तपाईंको झोलाहरु र सामान लैजान आउनु भनेर फोन गरेका थिए ।

यस्तो खबर सुनेपछि श्रीमती सहित संदेशका आमा बाबू लगायत परिबारका सम्पुर्ण सदस्यहरु र आफन्तहरु सबै अचम्भित भएर दुखित बनेका थिए । घटनालाई स्पष्ट नबताउँदा घर परिवारले बिरु परियारप्रति अशंका गरेको छ । उनले संदेशको स्थिती बारेमा हैदराबादबाट रुपेडिया पुगुन्जेल कुनै प्रकारको सम्पर्क परिवारजनसँग गरेका थिएनन् । स्थितिको जानकारी गराएका छैनन, त्यसैले आफ्नो छोराको जिम्मेवारसँगै गएको छिमेकी बिरु परियारले लिनुपर्ने मान्यता राख्दै आएका छन् । यस्तो अज्ञात अबस्थामा अहिले आफ्नो छोराको खोजबिन गर्न संदेश बस्नेतको बुवा र भिनाजुहरु हैदराबादमा भौंतारिदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सम्पर्कमा आउनुभएको छ । त्यस्कारण निज सम्पर्कबिहिन भएका संदेश बस्नेतलाई कहिँ कतै देख्नुहुने, भेटाउनुहुने महानुभाबहरुले भिनाजुहरु सुजित रोकाया सम्पर्क न 7080038250, कुमार कार्की सम्पर्क न 9843947040, दाइ कबिर थापा सम्पर्क न 9591192022 वा मूल प्रवाह दक्षिण हैदराबाद नगर सदस्य हन्स राज भन्डारी सम्पर्क न 9390848327, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल सम्पर्क न 9949052885 वा नजिकको पुलिस थानामा जानकारी गराइदिनुका लागि हामी हार्दै अनुरोध गर्दछौ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार