
नयाँदिल्ली । गुजरातको नाडियाडमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति पुनर्गठन गरिएको छ ।
केन्द्रीय सदस्य गोविन्दबहादुर थापाको उपस्थितिमा जुलाई ११, २०२५ का दिन सम्पन्न भेलाले समिति पुनर्गठन गरेको हो ।
समितिको अध्यक्षमा केएन शाही, उपाध्यक्षमा हस्तबहादुर शाही, सचिवमा वेदप्रकाश रावल, सहसचिवमा नवराज थापा र कोषाध्यक्षमा सुरेश विष्ट रहनुभएको छ ।
त्यस्तै सदस्यमा मोतिराम सोनी, निमबहादुर खड्का, रत्नादेवी रावल, तर्कबहादुर थापा, वैकल्पिक सदस्यमा झम्कट थापा, रामसिंह विष्ट तथा सल्लाहकारमा दिलबहादुर विष्ट, झलक भण्डारी र राधा थापा रहनुभएको छ ।
वेदप्रकाश रावलको सञ्चालन तथा केएन शाहीको अध्यक्षतमा अघि बढेको उक्त भेलामा राष्ट्रिय जनमोर्चा दैलेखका भीमसिंह विष्टको पनि आतिथ्य रहेको थियो ।
















