
विष्णु शर्मा (पाण्डेचेरी)
तिमीले मलाई साथी बनाउदा
मेरो रङ हरेनौं,मेरो धन हेरेनौं
मेरो घर हेरेनौं, मेरो थर हरेनौं
मेरो क्षेत्र हेरेनौं, मेरो गोत्र हेरेनौं
मेरो पढाइ हेरेनौं, मेरो कमाइ हेरेनौं
मेरा नाता सम्बन्ध हेरेनौं
मात्र आफ्नो र मेरो वर्ग हेर्यौं
त्यो वर्गले सहि बाटो समाउदा
शोषणबाट मुक्ती हुने हेर्यौं ।
त्यो मुक्त समाजमा मलाई पनि पुर्याउन
पाइला पाइलामा साथ दियौं
अप्ठ्यारोमा म छु नी भनी
हात दियौं मलाई ढलाउन
तेर्छाइएका गरालाहरुलाई घात दियौं
घुम्टी पारी मलाई सक्नको लागि
पल्टाइएका चट्टानहरुलाइ मात दियौं ।
म तिम्रो घरमा आउदै गर्दा
आफन्तले जसरी मेरो बाटो हेर्यौं ।
अबेर सम्म आमाले जसरी
मेरो लागि भान्सा कुर्यौ ।
आफन्त गुमाएको पिडाले म
छट्पटिदा आफ्नो सर्बस्व
छोडी मलाई समाल्न पुग्यौं ।
साथी तिमीमा ज्ञानको त
भण्डार नै थियोे
मलाई उर्जा थप्नकै लागि
मेरा सामाग्रीहरु सेयर गर्यौ
मलाई पत्तै नदिइ
म मा अमिट उर्जा भर्यौ
मेरा ती साना सामाग्री
दुनिया सामु पुर्यार्यौं
अझै राम्रो गर भनी
सधै मलाई अह्रायौं ।
बदलामा तिमी मबाट ठुलो केही
आशा गरेनौं मात्र आफ्नो लक्ष्यमा
अगाडि बढ भन्यौं
गरीखाने वर्गको मुक्तिका गाथाहरुका
किताब बराबर पढ भन्यौं
राम्रो बिचार र नराम्रो बिचारमा
बहस चल्दा राम्रो बिचारमा
अडिग भइ खडा हौं भन्यौं ।
अहिले म सोच्छु
म कति भाग्यमानी रहेछु
जसले तिमी जस्तो साथी पाए
मेरो इच्छा शक्ति अनि तिम्रो निस्वार्थ
सहयोगले म आज यहाँ सम्म आए
तिम्रो मेरो गन्तव्य अझै टाढा छ
तिम्रो मेरो आत्मविस्वास अनि
निस्वार्थ माया अझै गाढा छ
तिमीलाई धन्यवाद शब्द कम हुन्छ
म सधै तिम्रो मार्गदर्शलाई पछ्याइ रहने छु
मैले गल्ती गर्दा पहिला जसरी औल्याइदिनु
म बिना सर्त सच्याइ रहने छु
मेरो प्यारो वर्गिय साथी
सबै सम्बन्ध भन्दा माथी ।
















