
धर्मराज शर्मा
कोट्टायाम, केरला 24 अगस्त 2024, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति महिला बिभागको आयोजनामा 2082 सालको प्रगतिशिल हरितालिका तिज मनायको छ।
महिला विभाग संयोजक खिरमयाँ थापाको अध्यक्षता र देवी रिजाल अधिकारीको सन्चालनमा अगाडी बढेको हरितालिका तिजी कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथीहरूमा दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष भद्र बहादुर थापा, क्षेत्रीय सदस्यद्वय धनकुमारी केसी, मनोज जिसी र सांस्कृतिक विभाग सदस्य सम्झना श्रीस थापाको अतिथि आसन ग्रहण पछि ज्ञात आज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरियो । कार्यक्रममा सहभागी जनसमुदायहरुलाइ खुमादेबि शर्माले शब्दबाट कलाकारहरुले गित संगितबाट स्वागत गरेका थिए ।
प्रमुख अतिथि चोबनाथ शर्माले कार्यक्रमको उद्धघाटन गर्नु भयो । “वहाॅले आफ्नो उद्धघाटन मन्तब्यमा नेपाली समाजमा अहिले पनि लैगिक विभेद रहेको हुदा महिलाहरुले समानताको लागि संघर्ष गर्नु पर्ने आवश्यकता निरंतर रहेको र प्रगतिशिल तिज कार्यक्रम पनि त्यही संघर्षको कडीको रूपमा रकेो बताउनु भयो ।”
कार्यक्रममा अन्य अतिथीहरूले पनि सफलताको शुभकामना दिनु भएको थियो । विभिन्न एरियाबाट सहभागीहरूले रचनात्मक तिज गित प्रस्तुत गरेका थिए भने सांस्कृतिक विभागका कलाकारहरुले जनवादी गित-संगित एवं नृत्यहरुले प्रस्तुत गरि कार्यक्रमलाई रोचक बनायका थिए ।
















