कोचिनमा तिज कार्यक्रम सम्पन्न

गणेश पौडेल

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर महिला बिभागको आयोजनामा प्रगतिशील हरितालिका तिज कार्यक्रम भब्य तथा शान्दाररुपमा सम्पन्न भयकोछ ।

नगर उपाध्यक्ष जानका बीसीको अध्यक्षता र सहसचीव गणेश शर्मा आरको सञ्चालनबाट अगाडि बडेको उक्त कार्यक्रममा सुशीला बिसीले उपस्थित जनसमुदायहरूलाई स्वागत गर्नुभएको थियो, रक्तिम कलाकारले संगीतबाट स्वागत गरेका थिए ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार तथा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्माको प्रमुख अतिथ्य रहेको थियो । क्षेत्रीय सदस्य बाबुराम केसी, जुगराज राहु मगर, जनक बिसी, नगर अध्यक्ष गणश शर्मा पौडेल, दक्षिण भारत क्षेत्रीय विद्यार्थी समितिका परिबर्तन बिसी, समता विभागबाट जगत सारु मगरलगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

प्रमुख अतिथि धर्मराज शर्माले उपस्थित जनसमुदायको तालिको कतारमा मोमबत्ति प्रज्जोलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तब्यमा प्रगतिशिल हरितालिका तिजको महत्वका बारे प्रस्टाउनुभएको थियो ।

गणेश शर्मा पौडेल, बाबुराम केसी, जुगराज राहु, जनक बिसी, शेर बहादुर बिसी, मोहन घर्ती, चन्द्रीका घम, गोविन्द रिजाल, कुमार बिसी, जगत शारु मगर लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार