
लोकेन्द्र पौडेल
दक्षिण भारत चेन्नै
24 अगष्ट 2025 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा संचालित चेन्नै महानगर भित्रका चेन्नै पुर्व, पश्चिम, उत्तर र दक्षिण नगर महिला विभागको संयुक्त आयोजना प्रगतिशील तिजी कार्यक्रम संपन्न भएको छ ।
क्षेत्रीय महिला विभाग सदस्य चन्द्रिका पौडेलको अध्यक्षता र क्षेत्रीय महिला विभाग सदस्य नविना वस्नेत (पौडेल)को संचालनमा अघि बडेको उक्त कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेल, अन्य अतिथीहरूमा केन्द्रीय सदस्यहरू चन्द्रकान्त शर्मा, चन्द्र बहादुर थापा, काशिराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सचिवालय सदस्य बुद्धिराम पौडेल, क्षेत्रीय महिला विभाग सदस्यहरू लोक कुमारी थापा, रिता भुसाल, क्षेत्रीय सांस्कृतीक विभागबाट डिल बहादुर जि.एम., अखिल भारत नेपाली विद्यार्थी संघका सुस्मिता शर्मा, क्षेत्रीय समता विभागबाट दयाराम वि.क., क्षेत्रीय जनजाति विभागबाट रेशम थापाले हुनुहुन्थ्यो । उपस्थित जनमानसलाई क्षेत्रीय महिला विभाग सदस्य संझना नेपालीले शब्दद्वारा र कलाकारहरुद्वारा गित र संगितले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रेम पौडेलले तालिको गडगडाहटका बिच मैनबत्ती प्रज्वलित गरि गर्नुभएको थियो । आफ्नो उदघाटन भाषणमा वहाँले ”मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत बर्षमा छरिएर रहेको रहेका आम शोषित- उत्पीडित गरिखाने वर्गको संगठन हो । यसले आफ्नो स्थापना काल देखिनै भारत स्थित नेपालीका समास्याहरूमा संघर्ष गर्दे आएको छ । आमुल परिवर्तन जनवादी क्रान्ति विना हामीहरूका सम्पूर्ण समस्याहरू समाधान हुन सक्दैनन् । त्यसको लागि सबै खाले अराजकतावादी, अवसरवादी, मध्यपंथी, संसोधनवादी, फुटप्रस्त सबै प्रकारका गलत बिचारहरू विरूद्ध सैद्धान्तिक र निर्णायक संघर्ष गनु पर्दछ । कैयौं पार्टीहरूले नेपाली जनतामा भ्रम छरि रहेका छन् । सबै खाले भ्रमहरू चिर्दै हामी अगाडी बढनुको विकल्प छैन भन्दै सम्पूर्ण श्रमजिवीहरू मूल प्रवाहमा गोलबन्द हुन आवहान्न गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली महिला दिदी बहिनीहरूले मौलिक गित तथा नृत्यहरू सहित उत्साह पूर्वक भाग लिनु भएको थियो । आयोजक समितिको तर्फबाट सीता शर्मा आचार्यले कार्यक्रमलाई शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गर्न सहयोग गर्नु भएको भनी सम्पूर्ण सहभागीहरू धन्यवाद ज्ञापन गर्नुभएको थियो।
















