बेङ्गलोर उत्तरमा मुल प्रवाहको तिजि कार्यक्रम सम्पन्न ।

लोकेन्द्र पौडल
बेङ्गलोर, 26 अगष्ट 2025 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा संचालित बेङ्गलोर उत्तर नगर महिला विभागको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम भव्यरुपमा सम्पन्न भएकोछ ।

सरस्वती के.सी.को अध्यक्षता र शान्ति परियारको संचालनमा अघि बढेको उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नरेश वि.क.को प्रमुख आथित्यता र दक्षिण भारत क्षेत्रीय कोषाध्य लोकेन्द्र पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । अन्य अतिथीहरूमा केन्द्रीय समता विभागबाट धरम पहरी, क्षेत्रीय उपाध्यक्ष दशरथ वि.क., क्षेत्रीय सदस्यहरू ओम बहादुर दहाल, तिलक जि.सी., क्षेत्रीय महिला विभागबाट दुरा पहरी, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रिय सदस्य सन्तोष पहरी, बेङ्गलोर दक्षिण नगरबाट बलराम कोहीली हुनु हुन्थ्यो । अतिथिहरूको आशन ग्रहण पछि कार्यक्रममा उपस्थित जनसमुदाएलाई निर्मला दाहालले शब्दद्वारा र कलाकारहरुद्वारा गित र संगितबाट स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथी नरेश वि.क.ले तालिको गडगडाहतका बिच मैनबत्ती प्रज्वलनगरी गर्नु भयो । वहाँले आफ्नो उद्घाटन भाषणको सिलसिलामा “सम्पुर्ण महिलाहरु एकजुट भएर महिला मुक्ति आन्दोलनमा सरिक भएमा मात्र सबै किसिमका शोषणको अन्त हुने बताउनु भयो ।”

कार्यक्रममा विशिष्ठ अतिथी पौडेल आफ्नो शुभकामना मन्तव्यमा “महिलाहरु भनेका आधा आकाश र आधा धर्ती ढाकेका मात्र मानव नभएर संसार चलाउने शासक बनेर अघि आउनु पर्ने कुरामा जोडदिदै यो संसार तपाईहरुको पनि हो भने किन सधै पिल्सिएर बस्ने” भन्नुभयो ।

कार्यक्रममा बेङ्गलोर वासी नेपाली दाजुभाई दिदी बहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो । कलाकारहरूले रोचक जनवादी गित नृत्यहरू प्रस्तुत गरेका थिए ।कार्यक्रम अत्यन्तै शान्तपूर्ण रूपमा भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबै सहभागीहरूलाई आयोजक समितिको तर्फबाट दुरा पहरीले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार