
जनकराज पौडेल###
अहिले जेनजी आन्दोलनको बलमा जुन सरकार बनेको छ, त्यो नत सच्चा जेन–जी आन्दोलनको पक्षमा छ, नत देशभक्त नेपाली जनताको पक्षमा नै । त्यसअर्थमा यो सरकारलाई राष्ट्रवादी भन्न पनि सोच्नु पर्दछ । यति भनिरहँदा कैयौँलाई अनौठो पनि लाग्न सक्ला तर वास्तविकता यहि नै हो ।
भदौ २३ गतेको आन्दोलन दिउस दुई बजेसम्म असली जेनजीको थियो । त्यसपछि एउटा अराजक देखापर्यो जुन देख्दा पनि गजडी जस्तो देखिने व्यक्तिले अज्ञात शक्तिको साहराबाट आन्दोलनलाई हाइज्याग गर्यो । त्यो अपरिचालित ब्यक्ति डिप स्टेटद्वारा चीन विरुद्ध गतिविधि गर्न ठुलो पैमानामा आर्थिक सहयोग पाइरहेको बुझिन्छ । त्यो डिपस्टेट पश्चिमीहरूको राजा हो । अमेरिकाद्वारा निर्मित । त्यो संस्थाको सदस्यमा काँग्रेस, एमाले, माओवादी भित्रका केही ब्यक्ति थिए भने रास्वपा र राप्रपाले पुरै शक्ति लगाएका थिए ।
जेनजीको आवरणमा नेपाल ध्वस्त पार्ने पूरा रणनीति सहितको दुखत घट्ना भदौ २४ को डिप स्टेटको योजना हो । कुनै पनि सच्चा देशभक्त नागरिकले देशको झण्डा बोकि सार्वजानिक सम्पत्ती र आफ्नो ईतिहास ध्वंस्त गर्ने कल्पना पनि गर्न सक्दैन । त्यो देशद्रोही शक्तिबाट मात्र सम्भव छ । अहिलेको सरकार पनि त्यसैको धरातलमा टेकेर निर्माण भएको छ । असली जेनजीले ७३ बर्षिय शुसिला कार्की चाहेका थिएनन्, नत उनीबाट जेनजी पुस्ता युवाहरूको मुद्धा सम्बोधन हुन सक्दछ ।
सन् २०१४ बाट डिप स्टेटले युक्रेनबाट प्रयोग गर्दै दक्षिण एसियाको बंगलादेश हुँदै नेपाल पसेको हो । डिप स्टेटको रणनीति बारे भारत सचेत रहँदै आएको छ । तर नेपालमा त्यो संस्थाका दलालहरू सफल भए । ओलि सरकारको कु–शासनको कारण साम्राज्यबाद र दलालहरूलाई टेवा पुग्यो । ओलिको पछिल्लो चीन भ्रमण र सैनिक प्रदर्शनमा सहभागिता यी सबै उल्लेखित रणनीतिका उपज हुन् । र एमाले भित्रका दलालको बाध्यतामा ओलि परे ।
अर्को रहस्य पनि उघारिएको छ । ओलिको बक्तब्यमा ओलिको निर्देशन वा आदेश विना नेपाल प्रहरीसँग नभएका स्वचालित हतियार र गोलि कहाँबाट चल्यो ? जुन देशको कार्यकारी प्रमुख र गृहमन्त्री अनभिज्ञ छन् । यो गम्भीर विषय हो कि देशको कार्यकारी प्रमुख भदौ २३ र २४ को घट्नाप्रति अनविज्ञ छन् । त्यसको अर्थ यो हुन्छ कि ती समग्र घट्ना सिंगो नेपाललाई कुनै जानाकारी थिएन । त्यसैले ती घट्ना आकश्मिक थिएनन् । साम्राज्यवादी शक्तिद्वारा प्रायोजित थिए ।
गम्भीर र सोचनिय पक्ष छ कि एकजना अराजक व्यक्तिले नेपाली सेना, राष्ट्रपति कब्जा गरी आफ्नो ईच्छा अनुसार सरकार वा मन्त्री बनाउन सफल भयो । जसको जेनजीसँग कुनै सम्बन्ध थिएन र छैन । त्यो कसरी सम्भव भयो ? के त्यो सम्भव छ ? यसरी उक्त व्यक्ति डिप स्टेटद्वारा पालिएको परिचालित भएको अनुमान गर्न सकिन्छ । त्यसैले नुनको सोझो गर्दा स्वाधिन राष्ट्रको अस्तित्व मेट्ने कसरतमा उक्त व्यक्ति लागेको सहजै अनुमान गर्न सकिन्छ ।
बारबरा फाउण्डेशनले आन्दोलनको लागि करडौँ फण्डिङ गर्यो । जेनजी पुस्तालाई अगाडि राख्यो, युवाहरूलाई गोलिले भुट्यो । त्यो अभिष्ट साम्राज्यवादी शक्तिले पूरा गर्यो । यसमा नाम चलेका चर्चितन धेरै पात्रहरू जोडिएका छन् । आगामि दिनमा उनीहरू पनि रहस्य खुल्दै जाने छ । त्यहि अनुसार धारणा सार्वजनिक गरौँला । तर यहाँ सचेत हुनुपर्ने कुरा के भने । राष्ट्रवादी र नेपाली मौलिकतामा सरकार आजसम्म बनेन, राष्ट्रवादी बन्छु भनि दुस्साहस गर्नेहरू कि त मारिन्छन् वा बदनाम गराई फ्याकिन्छन् ।














