
बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिको आयोजनामा स्थापना दिवस मनाइयो छ ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष बलराम कोलीले र नगर सचिव दान बहादुर पहीरीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य नरेश कुमार विकको प्रमुख आतिथ्यता रहेको थियो भने, दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विक, क्षेत्रीय महिला समितिबाट पार्वती विक र क्षेत्रीय सदस्य रमेश राम विकले अतिथि आसन ग्रहरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर कोषाध्यक्ष रमेश विकले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नरेश विक, दशरथ विक, पार्वती विक, लक्ष्मी विक र कल्पना ऐरले मन्तव्य दिनुभएको थियो ।
















