मूल प्रवाह नेपाली एकता समाजका केन्द्रीय सदस्य केशमान नेपालीको अन्तयेष्टिमा सबै भावुक

कोटी प्रसाद पोख्रेल
14 नोवम्बर 2025, चेन्नई, बाग्लुङ जिल्ला जैमुनी नगर पालिका वडा नं ८, छिस्ती निवासी बुबा हस्त बहादुर नेपाली र आमा रमा नेपालीका ६७ बर्षिय छोरा केशव बहादुर नेपाली (केशमान नेपाली) रोजिरोटीको शिलशिलामा चेन्नईको माईक्रो ल्याव कम्पनिमा कार्यरत हुनुहुन्थ्यो । साथै सामाजिक सेवामा सक्रीय हुदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न समितिका जिम्मवारी पुरा गर्दै केन्द्रिय सदस्यको जिम्मेवारीमा हुनु हुन्थ्यो । वहाँ करिब चार महिना अगाडि देखि क्यान्सर जस्तो घातक रोगसंग लड्दै आउनु भएको थियो र 13 नोवेम्बर 2025 को राती करिब दश बजे उपचारको क्रममै हस्पिटलमा निधन भएको हो ।

वहाँको पार्थिव शरीरलाई 14 नोवेम्बर 2025 का दिन श्रीमती पदममाया नेपाली, छोरीहरू कोपिला नेपाली, गीता नेपाली, बिष्ना नेपाली, ज्वाईंहरु मनिलाल नेपाली, आर गुप्ता सहित आफन्तजन, ईष्टमित्र, मूल प्रवाहका नेता कार्यकर्ता, भाईचारा संगठनका साथीहरु, कम्पनी स्टाफहरु, स्थानीय बासिन्दाहरू, शुभचिन्तकहरुको व्यापक उपस्थितिमा चेन्नईको अम्बतुर स्थित डनलप शमशानघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

वहाँको पार्थिव शरिरमा गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चन्द्र बहादुर थापाले संगठनको झण्डा ओढाएर सम्मान गर्नु भएको थियो । शमशानघाटमै श्रद्वान्जली सभा गरिएको थियो । वहाँको सम्मानमा दुई मिनेट मौनधारण गरि श्रद्वान्जली अर्पण गरिएको थियो । त्यस दौरानमा नेकपा(मसाल) केन्द्रिय समितिले पठाएको श्रद्वान्जली वक्तव्य बाचन गरिएको थियो ।

श्रद्वान्जली सभा मूल प्रवाह केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य काशिराम शर्मा, प्रवासी नेपाली संघका, सिमा शर्मा न्यूरे, समाजसेवी महेन्द्र बस्याल लगायतले शोक मन्तव्य दिनु भएको थियो ।

वक्ताहरू प्राय सबैले केशमानलाई सबैको प्रिय र मायाले मामा भनी सम्बोधन गरिने केसमान नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कर्मठ व्यक्तित्व, जुझारू, कर्तव्यनिष्ठ खम्बा, अविचल, अविरल अथक सहयोद्धा तथा अभिभावक गुमाउनु परेकोमा दुख व्यक्त गर्दै यस प्रकारका कुनै दाग र खोटहरु नभएको अत्यन्त मिलनसार समाजसेवी व्यक्तीत्व बिरलै भेटिन्छन । भनी श्रद्वान्जली प्रकट गरेका थिए । शोकसभाको संयोजन दक्षिण भारत क्षेत्रिय सदस्य किशोर शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार