हिमाचलको रामपुरमा मूल प्रवाहको एरिया समिति

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिद्धारा सञ्चालित रामपुर नगर समिति अन्तर्गत लुहरीमा एरिया समिति गठन गरिएको छ ।

राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ र कोषाध्यक्ष सीताराम बुढाथोकीको विषेश उपस्थिति र पूर्ण थापाको अध्यक्षता एवं चिन्त बहादुर पुनले सञ्चालनबाट अगाडि बढेको भेलाले सोम लामाको अध्यक्षतामा ११ सदस्यीय एरिया समिति गठन गरेको छ ।

जसमाः उपाध्यक्ष– पूर्ण थापा, सचिव– गोपाल विक, सहसचिव– रोविन पुन, कोषाध्यक्ष– तुल्सी भण्डारी, सदस्यमाः चिन्त बहादुर पुन, शर्मिला विक, प्रेम घर्ति र धनिराम सांडिल्य रहनुभएको छ ।

नयाँ समितिलाई बिरु श्रेष्ठले बधाई एवं समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार