मनाली नगर अध्यक्ष साईला लामाको निधन, मूल प्रवाहद्वारा श्रद्धांजलि अर्पण

सोलन, हिमाचल प्रदेश

23 दिसेत्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सदस्य एवं मनाली नगर अध्यक्ष मूल प्रवाहको नगर समितिका अध्यक्ष साईला लामा वर्ष 58 को आज 23 डिसेम्बर 2025 को दुखद निधन भएको छ।
स्मृति शेष साईला लामा लामो समयदेखि हिमाचल स्थित नेपाली जनता को हकहितको लागी संघर्षरत नेता हुनुहुन्थ्यो । वहाँको दुखद निधनले हिमाचल राज्य समिति शोकमग्न छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालीका तेम्बाथाङ चैतारा स्थाई निवासी लामा केहि समय पहिला स्वदेश जानु भएको थियो। वहाँको आज अपरान्ह काठमान्डौमा निधन भएको परिवारले बताएको छ ।
वहाँको निधन प्रति मूल प्रवाह केन्द्रीय सदस्य तथा हिमाचल राज्य समिति अध्यक्ष विरू श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै एउटा जेहेन्दार कार्यकर्ता गुमाउदा संगठनमा गम्भीर क्षती भएको बताउनु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिवंगत लामाप्रति भावपूर्ण श्रद्धांजलि अर्पित गर्दै शोक-संतप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार