पाण्डेचरीमा नयाँ वर्षको शुभकामना सहित सदस्यता अभियान शुरु

पाण्डेचेरी, 1 जनवरी 2026

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा अंंग्रेजी बर्ष २०२६ को शुभकामना आदानप्रदानसँगै तथा सदस्यता अभियान शुरु गरेको छ ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य नरेश कुमार बिक, विशिष्ट अतिथि मूल प्रवाह केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्मा, के. स. स. भगवती कुँवर, केसस बालाकृष्ण गायक, साथै अतिथि मूल प्रवाह क्षेत्रीय उपाध्यक्ष दशरथ बिकको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विकले दीप प्रज्वलन गरी तालिको गडगडाहट बिच उद्घाटन गर्नुभएको थियो । साथै विकले आफ्‌नो सारगर्भित मन्तव्य पनि राख्नुभएको थियो ।

त्यस्तै केस कोषाध्यक्ष चन्द्रकान्त शर्मा, केस भगवती कुँवर, केस बालाकृष्ण गायक, दशरथ विक, जमुना शर्मा, विनोद गायक, गणेश परियार, धनबहादुर परियार, रमिता परियार, गोरख बहादुर परियार र भक्त नेपालीले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष गोविन्द शर्माले र सञ्चालन नगर सचिव रवि पौडेलले गर्नुभएको थियो । उपस्थित जनमानसलाई नगर उपाध्यक्ष गमबहादुर विकले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नयाँ पुराना गरि ६३ जनालाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिमद्वारा गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार