सोलनको अर्कीमा भएको आगलागीमा परेकाहरूलाई मूल प्रवाहद्वारा क्षतिपूर्तीको माग

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट ज्यान गुमाउनेहरूप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धान्जली प्रकट गरेको छ । केन्द्रीय समितिका अध्यक्ष प्रेम पौडेलले १३ जनवरीका दिन एक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना प्रकट गर्नुभएको छ ।

पौडेलले वक्तव्यमा आगलागीमा परि ज्यान गुमाउनेहरू र घाइतेहरूलाई क्षतिपूर्तिको मागको लागि जोड दिनुभएको छ । साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रेस वक्तव्यमा लेखिएको छ :

हिमाचलमा ठुलो संख्यामा नेपालीहरू मजदुरीको काममा आउने गर्दछन् । देशमा रोजगरी नहुँदा भारत लगायत विभिन्न देशहरूमा श्रमको लागि विदेशीनु पर्ने बाध्यता रहेको छ । हिमाचलमा खेती, बागवानी, निर्माण कार्य, भरिया आदि कार्यमा ठुलो संख्यामा नेपालीहरू कार्यरत छन् । उनीहरू विकट र दूर्गम गाँउहरूमा समेत पुगेर काम गरेका छन् । उनीहरू चर्को श्रम शोषणमा त परेकै हुन्छन् । प्रकृतिक घटना दुर्घटना आदिको पनि सामना गर्नुपरेको हुन्छ । कैयौं पटक नेपालीहरू दुर्घटनाहरूमा पाईने क्षतिपुर्ती र अनुदान आदिमा पनि भेदभावको शिकार हुने गरेको पाइएको छ । हामी पीडित परिवारलाई सरल र समयमै क्षतिपूर्ति गराउन सम्बधित निकाय, हिमाचल सरकार तथा भारत सरकारसँग माग गर्दछौँ ।

अन्तमा, यस अकल्पनीय घटनामा परी ज्यान गुमाउनेप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार