बैंगलोरमा 157 औँ लेनिन दिवश तथा नेकपाको 78 औँ स्थापना कार्यक्रम सम्पन्न

धर्म पहरी
बैंगलोर, 22 अप्रेल 2026, भारतको बैगलोरमा 157 औँ लेनिन दिवश तथा नेकपाको 78 औँ स्थापना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा माक्र्सवादी विचारको आधारमा पहिलो पटक समाजवादको जग बसाल्ने महान नेता व्लादिमीर लेनिनको 157 औँ जन्म दिवश तथा नेपाल कम्युनिस्ट पार्टीको 78 औँ स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता ओम बहादुर दहाल र संचालन तिलक केसीले गर्नु भएको थियो ।

अहिले संसार भरि पूंजीवादी साम्राज्यवादी शोषण तिव्र भई रहेको छ । श्रमिकहरूको मात्र होईन साम्राज्यवादी देशहरूले पिछिडीएका र बिकासोमुन्न तथा बिकासशिल देशहरूमा चर्को शोषण गरि रहेकाछन् । खस गरि अमेरीकी साम्राज्यवादले आफ्नो एक क्षत्र शोषण कायम राख्न विभिन्न देशहरूमा सैनिक हस्तक्षेप गरि घोषित वा अघोषित युद्ध संचालन गरेको छ । कैंयौ देखमा आफ्नो कठपुतली सरकार धडा गरेको छ । नेपालमा पनि त्यसले आफ्नो पक्षमा काम गर्ने राजनैतिक शक्ति तथा इसारामा चल्ने सरकार बनाउन सफल भएको छ । उक्त विचार कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका धर्म हो । वहाँले नेकपाको स्थापना दिवशको प्रसंग जोडदै अगाडी भन्नु भयो । सामाज्यवादको यो विगबिगी भएको अवस्थामा सहि राजनैतिक विचारले मात्र त्यसको सामना गर्न सक्छ । त्यो विचार कम्युनिष्ट विचारधारा नै हो । नेपालमा 78 वर्षको लामो कम्युनिष्ट आन्दोलनमा कैयौ उतार चढावहरू आए । विश्वव्यापी कम्युनिष्ट आन्दोलनमा भएको भडकावबाट नेपाली कम्युनिष्ट आन्दोलन पनि अछुतो रहेन । आफुलाई कम्युनिष्ट भनाउदाहरूले सत्तामा छदा र पुग्नको लागि गरेका गतिबिधीले देशमा नातवाद, भ्रष्टाचार, विदेशी शक्ति केन्द्र संगको आत्मसमर्पण, राष्ट्रघातले जनतामा निशारा र उदासिनता ल्यायो । त्यसैको जगमा टेकेर जनाको बलिदानीपूर्ण आन्दोलनको बलमा स्थापित गण्तान्त्रीक अधिकार खोस्ने प्रयास भई रहेको छ । यो अवस्थामा सच्चा कम्युनिष्टहरूले मात्र देशलाई सहि निकास दिन सक्छन र त्यसको नेत्त्व नेकपा(मसाल) गरेको छ, भन्नु भयो ।


कार्यक्रममा मूल प्रवाह बेंगलोर उत्तर नगरबाट सिता कुँवर, उत्तर नगर महिला बिभागबाट निर्मला दाहाल पनि मन्तव्य दिनु भएको थियो । कामरेड लेनिन तथा ज्ञात-अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौन धारणा पछि उपस्थित सम्पूर्ण सहभागीलाई दुरा पहरीले मन्तव्यबाट स्वागत गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार