के के सोध्छे यो फुचुँग्री पनि (भाग १)

फुचुँग्री :– काका, वलि बाले राजमोलाई पनि लपेटेछन् नि ?

काका :– पराजित मानसिकताको उपज हो नानी ।

फुचुँग्री :- अब उखानटुक्काले काम गर्दैन भनेर हार मानेकै हुन त ?

काका :– प्रतिगमन विरुद्धको विपक्षी मोर्चाबन्दी बलियो देखेर अत्तालिएका पनि हुन् ।

फुचुँग्री :– कोहि जागरण भन्नेहरु पनि वलि बाले भन्दा चर्को विरोध गरेर क्रान्तिकारी बनेका रहेछन्, किन होला ?

काका :– पहिला डिलाराम, दिनानाथ, गिरधारीहरु पनि क्रान्तिकारी हौं भन्थे कता थन्को लागे सबैलाई थाहा भएकै कुरा हो ।

फुचुँग्री :– जागरणको गित गाएर मूल प्रवाहको जरो काटनेहरुले त कारवाही अवैधानिक छ भनेर प्रेस विज्ञप्ति निकालेछन् नि, किन होला ?

काका :– सातौं अखिल भारत नेपाली एकता सम्मेलन पछिको अस्तिको प्रथम भर्चुअल भेलाले पाखा लगाई सक्यो ।

फुचुँग्री :– यिनिहरु त केन्द्रीय समितिको निर्णय निर्देशन पनि मान्दैनम, छोडेर पनि जादैनम भन्छन, बौलाएकै हुन कि काका ?

काका :- ऊफ के के सोध्छे यो फुचुँग्री पनि ।

–फुर्सेकोटे

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार