कोट्टयाम, २१ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपालीहरुको मञ्चको आयोजनामा कोट्टयाममा विश्व कम्युनिष्ट आन्दोलनका महान नेता जोसेफ स्टालिनको १४४औं जन्म दिवस अन्लाईन भर्चुअल माध्यमबाट गरेको छ ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाध्यक्ष के.बी. थापाको विशेष आतित्थ्यता रहेको थियो । थापाले कार्यक्रमलाई सम्बोधन गर्दै क. स्टालिनको जिवनी बारे प्रस्टाउँदै– गरिखाने बर्गका कुरा गरेर मात्र क्रान्तिकारी बन्न सकिँदैन क्रान्तिकारी बन्नको लागि जस्तोसुकै परिस्थितिमा पनि निडर भएर परिस्थितिको सामना गर्न सक्नु पर्दछ । श्रमजिबि बर्गका लागि फुटेर हैन जुटेर सामना गर्नु पर्दछ भन्नु भयो ।
बालिका देबी शर्माको सञ्चालन र नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बडेको भर्चुअल कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य मदन शर्मा, चोबनाथ शर्मा, परिसद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका भद्र बहादु थापा, रिखेन्द्र बिसी, महिला बिभाग सचिव बिष्णु शर्मा, तिरुवनन्तपुरम नगर समितिका अध्यक्ष चिरञ्जीवी शर्मा, कोचिन नगर अध्यक्ष जुगराज राहु मगर र चेन्नई पुर्व नगर समितिका उपाध्यक्ष ओमकान्त शर्माको अतित्थ्यता रहेको थियो।
ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात् नगर समितिका टिकाराम सुबेदीले उपस्थित जनमानसहरुलाई शब्दबाट स्वागत मन्तब्य दिनुभएको थियो ।
कोचिनबाट जनक बिसी, बाबुराम केसी, कोट्टयामबाट मनोज जिसी, खिरमायाँ थापाले कार्यक्रम सफलताको शुस्भकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रमलाई दिल बहादुर रानाले बधाई तथा धन्यबाद लिनुभएको थियो ।