दक्षिण भारतमा मूल प्रवाहद्वारा माओ दिवस तथा आठौं भारत सम्मेलनको प्रचारात्मक कार्यक्रम

दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिको आयोजनामा १२९ औं माओ दिवस तथा आठौं अखिल भारत सम्मेलन फरवरि १ मार्च २०२२ को प्रचारात्मक कार्यकर्म सम्पन्न भएको छ ।

एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका उपाध्यक्ष दशरथ बिकको अध्क्षयता,क्षेत्रिय सहसचिव धर्मराजको सञ्चालनबाट कार्यक्रम अघि बढेको हो ।

एकता समाजका महासचिव ठाकुर खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालीहरूको विश्व विद्यालय भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘यो संगठनलाई कसैले आफ्नो ब्यक्तिगत स्वार्थ र महत्वकांक्षाको लागि प्रयोग गर्न खोज्नु उसको महमता र घमण्ड हो, महत्वकांक्षा र घमण्डले सगठन चल्दैन । संगठन चलाउन नीति सिद्वान्त र कार्यक्रमको आवश्यकता पर्छ ।’ केही साथीहरूले हामीलाई दक्षिण पन्थि भन्दै हिडेको भएता पनि त्यो ब्यवहारले झुट साबित भयको र आज उहाँहरूको स्थिति कमजोर अबस्थामा रहेको समेत नेता खनालले भन्नुभयो ।

राष्ट्रिय जनमोर्चाका युवा नेता आनन्द शर्माले देशको अवस्था अति नाजुक बन्दै गएको र नेपलका कम्युनिष्ट भन्नेहरुको गलत नियतका कारण नेपालमा साम्राज्यवादीहरूको चलखेल बढाउदै गएको बताउनुभयो । उहाँले त्यसको उदाहरण नेपालमा अहिले नेपाली जनताको चाहना बिपरित एमसीसी लागु गर्न खोज्नु हो । नेता शर्माले एमसीसीको विरुद्वमा राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) ले सदन देखि सडक सम्म आन्दोलन चलाइरहेको र एमसीसी विरुद्व आउने सबै सक्तिहरूसंग सहकार्य गरेर जाने बताउनुभयो । ।

त्यस्तै, एकता समाजका केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सदस्य मदन शर्मा, केन्द्रीय सदस्य बालकृष्ण गायक, केन्द्रीय सदस्य भगवता कुवार, केन्द्रीय सदस्य तथा क्षेत्रिय अध्यक्ष चन्द्रबहादुर थापा लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । स्वागत गितबाट रक्तिम कलाकार तथा एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापाले भेलाले लिएका कतिपय निर्णयहरू हाउसमा प्रस्तुत गर्नु भयो र हाउसले एक मतले पास गरेको थियो ।कार्यक्रमको बिच बिचमा रक्तिम कलाकारको तर्फबाट रक्तिम गित प्रस्तुत गर्दै जनमानसलाई उत्साहित गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार