कोचिन । अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपालीहरुको मञ्च कोचिनद्वारा १२९औं माओत्सेतुङ दिवस सम्पन्न पारिएको छ ।
कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष जुँगराज राँहु मगरले गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष बावुराम केसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारणपछि उपस्थिति जनसमुदायहरुलाई जगत सारु मगरले स्वागत भाषणद्वारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जनक बिसिले माओत्सेतुङको जिवनी र उहाँले विश्व कम्युनिस्ट आन्दोलनमा दिनुभएको योगदानबारे प्रष्ट्याउनु भएको थियो ।
त्यस्तै क्षेत्रीय महिला विभागबाट सदस्य जानकि देवी विसि, महिला नगर विभागबाट साबित्रा घर्ती मगर, चन्द्रीका घर्ती मगर, वरिष्ठ नगर सदस्य भविलाल विक, मेघराज विसि, सपना बुढा मगर, तिर्थराज घर्ती मगर, गुमान सिह पुन मगर र सोभाराम विकले माओदिवसको महत्वको बारेमा मन्तव्य दिनु भएको थियो ।