कोट्टयाम, ०२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न गरेको छ ।
आगामी २७–२८ फरवरी र १ मार्च २०२२ को “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न पारेको छ ।
नगर अध्यक्ष धर्मराज शर्माको संयोजकत्वमा ११० सदस्यीय प्रचार प्रसार उपसमिति तथा टिकाराम सुबेदीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक लेखाजोखा उपसमिति गठन गरेको छ ।
सम्मेलनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै बोल्ने वक्ताहरूमा केन्द्रीय सदस्य चोवनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा भन्द्र बहादुर थापा, क्षेत्रीय महिला बिभाग सदस्य तथा नगर महिला बिभाग सचिव बालीकादेवी शर्मा, रक्तिम मोर्चाका टिकाराम सुवेदी विद्यार्थी मोर्चा नगरका आलोक म्याकमिलन राजमो चितवनका सदस्य एलपि शर्मा र नगर समितिबाट गणेस परिवार, प्रेम प्रसाद शर्मा, कृष्ण प्रसाद शर्मा, राजु बोहोरा, मनोज जिसि, रोमराज पौडेल, नगर महिला बिभागीय सदस्य देबि रिजाल अधिकारी र कोपिला शर्माले सम्मेलन सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो ।
नगर सहसचिव दिल बहादुर रानाको सञ्चालन र हरि प्रसाद पौडेलको अध्यक्षता पछि विभिन्न अतिथिहरुको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण पछि रक्तिम परिवारले उपस्थित जनसमुदायहरुलाई गितद्वरा स्वागत गरेका थिए । एकराज पौडेलले स्वागत एकराज पौडेलले स्वागत भाषणद्धारा स्वागत गर्नु भएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिम साँस्कृतिक परिवारले जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए ।