लेखनाथ सुनारको मूल प्रवाहद्धारा दाहासंस्कार

चेन्नई । प्युठान नगरपालिका ५ निवासी मालवीर सुनारका छोरा लेखनाथ सुनार बर्ष २७ को उपचारको क्रममा चेन्नईको राजिबगान्धी हस्पिटलमा १२ जनवरी २०२२ का दिन निधन भएको थियो । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उतर नगर समितिमा प्राप्त भएपछी नगर समिति अध्यक्ष गोपाल विक, नगर समितिका कोषाध्यक्ष विष्णु विक, नगर समितिका सदस्य दिलिप विक सहितको प्रतिनिधि टोली हस्पिटल पुगेको थियो ।

हस्पिटलको कानुनी प्रकृया पुरा गरि १३ जनवरी २०२२ का दिन मृतकका आफन्तजन र समाजको पहलमा करिब दिउस १बजेको समयमा कृष्ण पेट संशानघाटमा दाहसंस्कार गरिएको छ ।

दाहसंस्कार पछि मृतक लेखनाथको सम्झनामा १ मिनेट मौनधारण सहित शोकसभा सम्पन्न भएको थियो । शोक सभाको सञ्चालन उतर नगर समितिका अध्यक्ष गोपाल विकले गर्नू भएको थियो, भने राष्ट्रीय जनमोर्चा स्वर्गद्वारी नगरपालिका ७ का प्रतीनिधी रामप्रसाद घिमिरे, नगर समितिका कोषाध्यक्ष बिस्नु विक, सदस्य दिलिप विक र देबिराम विकले शोक मन्तव्य राख्नुभएको थियो ।

सोही स्थानमा १६ हजार ९१० रुपैयाँ अर्थिक संकलन गरि मृतककी श्रीमतिलाई नगर अध्यक्ष गोपाल विकले हस्तान्तरण गर्नुभएको थियो ।

मृतकको दाहासंस्कारमा गोपाल विक, बिष्नु सुनार, दिलिप विक, देबिराम सुनार, दिनेश सुनार, अमर सुनार, एकराज सुनार, धन बहादुर सुनार, जगत सुनार, दिलामनी सुनार, सुमन सुनार, बिर बहादुर विक, पञ्चराम सुनार, तेज बहादुर सुनार, कमल सुनार, राम बहादुर सुनार, इस्वर सुनार, भरत सुनार, शिवलाल सुनार, ज्ञान बहादुर घर्ती, फुर्दूरपते विक, खेमराज सुनार, देबीराम कामी, हिमाल विक, राजेश सुनार, छबिलाल सुनार, बिजय सुनार, असपे सुनार, खैसेरा सुनार, चन्द राना, कबीराम सुनार, यमलाल सुनार, बुद्धीराम विक, जेदूराम विक, दुर्गा सुनार, जित बहादुर विक, काशिराम, जिबन सुनार, हुमलाल सुनार, सुमित्रा सुनार, चुरामनी सुनार, नारायण सुनार, बालराम सुनार र सुरेस सुनार लगायत करिब ६५ जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार