बहराइन नेपाली एकता समाजको सातौँ राष्ट्रिय सम्मेलनको तयारी तीव्र

  • आगामी मार्च १८, २०२२ का दिन सातौँ राष्ट्रिय सम्मेलन हुने
  • बहराइन । बहराइन नेपाली एकता समाजको सम्मेलन तयारी सम्मेलन तीव्र हुन थालेको छ । आगामी मार्च १८, २०२२ का दिन हुने सो सम्मेलनका लागि सातौँ राष्ट्रिय तयारी सम्मेलनको बैठक बस्दै सम्मेलन तयारीलाई तीव्र पारिएको हो ।

    बैठकले व्यवस्थापन समिति, आर्थिक समिति र प्रचार प्रचार प्रसार समिति गठन गर्नुका साथै सम्मेलनमा उपस्थितिका बहराइनस्थित सामाजिक सङ्घसंस्था र श्रमजीवी जनमुदायलाई अपिल पनि गरेको छ ।

    अध्यक्ष धनबहादुर कार्की र महासचिव दलबहादुर गाहाको हस्ताक्षरमा जनवरी १५, २०२२ का दिन जारी गरिएको प्रेसविज्ञप्तिमा यस सम्बन्धमा भनिएको छ :

    “बहराइन नेपाली एकता समाजको सातौँ राष्ट्रिय सम्मेलन तयारी समितिको बैठक सप्पन्न भएको छ । बैठकले यही मार्च १८, २०२२ का दिन सातौँ राष्ट्रिय सम्मेलन सप्पन्न गर्ने गरी धनबहादुर कार्की र बिस्नु ठकुरीको इन्चार्जमा व्यवस्थापन समिति, दलबहादुर गाहा र प्रेम मगरको इन्चार्जमा आर्थिक समिति, देवनारायण पोख्रेल र पदम मगरको इन्चार्जमा प्रचार प्रसार समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा बहराइनमा रहेका सामाजिक सङ्घसस्था र बहराइनमा कार्यरत आम श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।”

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार