साउदी अरबमा एकता समाजको भेला, अध्यक्षमा भण्डारी, महासचिवमा शर्मा

खुम रायमाझी ।
आबुधाबी । साउदी अरब नेपाली एकता समाजको दोश्रो भेला सपन्न भएको छ ।

वामपन्थी नेता आनन्द शर्माको प्रमुख आतिथ्यमा अप्रिल २६, २०२४ शुक्रबार सो कार्यक्रम सम्पन्न भएको थियो ।

भेलाले खुमीराम भण्डारी अध्यक्ष र हरिप्रसाद महासचिव रहनुभएको २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

समितिमा उपाध्यक्षद्वय रमेश बुढा र दिनेश शर्मा, सचिव जित राना र कोषाध्यक्ष गणेश पोख्रेल रहनुभएको छ।

त्यस्तै, सदस्यहररूमा जेमबहादुर सिर्पाली, चेतमान पुन, रोमप्रसाद बेल्बासे, नरबहादुर केसी, केशव गैरे, नारायणप्रसाद रेग्मी, हीरा थापा, गङ्गा पुन, चित्र तारामीमगर, मोहनसिंह विश्वकर्मा, निर्मल मगर, बाबुराम गुरुङ, निर्र्मल थापा, दोतिराम खत्री, चित्र हमाल र हरि भुसाल रहनुभएको छ ।

एवम् प्रकारले बैकल्पिक सदस्यहररूमा राजु क्षेत्री, गङ्गा विक र अमित बस्नेत रहनुभएको छ।

उद्घाटन नेता शर्माद्वारा
भेलाको उद्घाटन प्रमुख अतिथि रहनुभएका वापमन्थी नेता आनन्द शर्माले गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य राख्दै उहाँले मुलुकको समसामयिक राजनीति परिस्थिति र प्रवासी श्रमिकले भोग्नु परेको पिडाबारे बोल्नु भएको थियो ।

‘विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरू सङ्गठित भएको देख्दा मलाई खुसी लागेको छ’ उहाँले भन्नुभयो ।

नेता शर्माले मुलुकमा प्रतिगामी खतरा कायमै रहेको र बाहिरी आवरणमा जे देखिएता पनि सत्तामा बस्नेहररू साम्राज्यवादको कठपुतली भएर काम गरिरहेको आरोप लगाउनुभयो ।

शुभकामना मन्तव्य
भेलालाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय एकता समाजकै महासचिव लुमाकान्त पुन र कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले शुभकामना दिनुभएको थियो।

जेष्ठ सदस्य दिनेश शर्माको अध्यक्षता तथा हरिप्रसाद शर्माको सञ्चालन र गणेश पोख्रेलले स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार