अध्यक्ष बुढामगरकी आमाप्रति कुवेत एकता समाजको श्रद्धाञ्जली

कुवेत । कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुढामगरलाई मातृशोक परेका छ ।

अध्यक्ष बुढामगरकी आमा देवीको ९५ वषको उमेरमा निधन भएको छ । उहाँको निधनप्रति कुवेत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

महासचिव खुम रायमाझीले मार्च १७,२०२४ का दिन एक शोक वक्तव्य जारी गरी संगठनको तफबट श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

यस्तो छ शोकवक्तव्य :
“हाम्रो गौरवशाली सङ्गठन कुवेत नेपाली एकता समाजका केन्दी्रय अध्यक्ष निम बुढामगरको आदरणीय आमा देवी बुढामगर्नीको ९५ वर्षको उमेर निधन भएको खबरले हामी मर्माहित भएका छौ । उहाँ बागलुङको ढोरपाटन नगरपालिका वडा नं.१ बुर्तिबाङ निवासी हुनुहुन्थ्यो ।

यस शोकको घडीमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार