मूल प्रवाहद्धारा मान बहादुरको दाहासंस्कार

चेन्नई, १७ जनवरी । प्युठान स्वर्गद्वारी नगरपालिका ४ भिंग्री निवासी रविलाल विकको छोरा मान बहादुर विकको स्वासप्रस्वासको करण किल्पाक मेडिकल कलेज केएमसीमा लैजाँदै गर्दा १६ जनवरी २०२२ का दिन राती करिब एक बजेको समयमा ७२ बर्षको उमेरमा निधन भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई उतर नगर समितिका अध्यक्ष गोपाल विक र आफन्त जानको पहलमा हस्पिटलको कानुनी प्रक्रिया पुरा गरि आज १७ जनवरी २०२२ का दिन साँझ करिब ४ः३५ मा आफन्तजन र सगठनका साथीहरुको उपास्थितिमा बेल्लपनचेरी समसनघाटमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कार प्रस्ताव निजको सम्झनामा एक मिनेट मौनधारण सहित शोकसभा गरिएको थियो ।

शोक सभामा मन्तब्य राख्र्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति सदस्य तथा चेन्नई उतर नगर समितिका अध्यक्ष गोपाल विकले आफ्नो देशमा गासबास कपासको समस्याको बाध्याताले गर्दा भारत आउन परेको तर भारतमा रहेका नेपालीहरुको समस्या अति दनीय रहेको र त्यस प्रकारको समस्यालाई नेपाल सराकारले पनि ध्यान नदिएको हुँदा, नेपालीहरुको मृत्युको कूनै लेखाजोखा नरहेको अवस्थामा नेपालीहरुलाई साथ दिदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अग्र पंक्तिमा उभिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– मूल प्रवाहलाई समय समयमा अबसरबादीहरुले समाप्त पार्न खोजेको भन्दै कूनै पनि नेपालीहरु अबसरबदीहरुको भ्रममा नपरी एकता समाजको झण्डा मुनी गोल्बन्द हुन आग्रह गर्नुभएको थियो । निजको दाहसँस्कारमा उपस्थित हुनेहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई उत्तर नगर समितिका अध्यक्ष गोपाल विक मृतकका छोरा लालबहादुर विक, सन्तोष विक साथै फनिराम विक, टेक बहादुर विक, हुमान विक, राम बहादुर विक, मान बहादुर विक, छोटे विक, बाबुराम नेपाली, रुद्र विक, सुर्य विक, बिर बहादुर विक, सन्दय विक, सुमन विक, सुकु सुनार लगयत करिब ३० जनाको उपस्थिति रहेको थियो ।

मृतक मान बहादुर विकप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक कुल परिवजनप्रति समबेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार