मूल प्रवाह चेन्नई पूर्वद्धारा ख्याम बहादुरलाई आर्थिक सहयोग

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिले आर्थिक सहयोग गरेको छ ।

कालीगण्डकी गाउँपालिका गुल्मी निवासी हाल रोजगारको लागि चेन्नईको निलङगरैमा कार्यरत ख्याम बहादुर विकको मिति २१ अगस्त २०२१ का दिन मोटर साइकलमा दूर्घटना परी एक हात नचल्ने अवस्थामा पहिलो शल्यक्रिया पश्चात सुधार नभई दोस्रो पटक पनि शल्यक्रिया गर्नुपरेको र वहाँको आर्थिक अवस्था कम्जोर रहेकोले सो आर्थिक सहयोग गरिएको हो । सो आर्थिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समिति अन्तर्गतका विभिन्न स्तरका कार्यकर्ताहरु बीच संकलन गरिएको थियो ।

एरियामा कार्यरत कार्यकर्ताहरुको पहलमा रु. ५ हजार ३ सय ५२ रुपैयौ संकलन गरिएको थियो । सो सहयोग राशी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापाको बिशेस उपस्थिति र पूर्व नगर समितिका अध्यक्ष लक्ष्मण चालिसे, नगर सदस्य रामप्रसाद शर्मा र सुनिल नेपाली, गोल्डेन बिच एरिया सचिव मिलन बिसुङकेको उपस्थितिमा ख्याम बहादुर विकलाई नगद हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार