नेल्लोरमा आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न

नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत नेल्लोर नगर समितिमा आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न भएको छ । नेपाली एकता जिन्दावाद, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवम समानुपातिक प्रतिनिधित्व सुनुश्चित गरौं, आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न पारौं भन्ने नारा अन्तर्गत सो सभा सम्पन्न पारिएको थियो ।

रुकमान खड्काको अध्यक्षता र क्षेत्रीय सदस्य देविराम केसीको सञ्चालनबाट अगाडि बढ्को सो सभालाई प्रमुख अतिथिको आसनबाट केन्द्रीय समितीका सल्लाहकार ठाकुर प्रसाद केसीले मन्तव्यम दिनुभएको थियो । केसीले संगठनमा माथि फूटपरस्त तत्वहरुको हमलालाई निरस्त पार्दै आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न पार्न सम्पूर्ण स्तरका कार्यकर्ता एवं आम नेपाली श्रमजिवीहरुलाई आव्हान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा टाउन एरिया समितिमा दधिराम खडकाले पनि मन्तव्य दिनुभएको थियो।

सभामा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि डिल बहादुर बस्यालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा मेख बहादुर खत्री, मनिराम पुन, रुकमान खड्का, गोर बहादुर केसी, केशब सुनार, सुर्य बहादुर केसी, भुमा देवी केसी, लक्ष्मण सुनार, पुर्ण बहादुर सुनारले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

सोही अवसरमा सम्मेलन सफल पार्नका लागि नगर समितिद्धारा सञ्चालित रहने गरि मनिराम पुनको संयोजकतामा ५ आर्थिक उपसमिति गठन गरिएको छ ः जसमाः सदस्यहरुः लक्ष्मण सुनार, रुकमान खड्का, डिल बहादुर बस्येल र गोर बहादुर केसी रहनु भएको छ ।

मेख बहादुर खत्रीको संयोजकत्वमा ६ स्वयंसेवक परिचालन समिति गठन गरिएको छ : जसमाः सदस्य राम बहादुर सुनार, केशब सुनार, मनिराम पुन, शिवलाल सुनार, सुर्य बहादुर केसी र सरस्वती सुनार रहनु भएको छ ।

त्यस्तै देविराम केसीको संयोजकत्वमा प्रचार प्रसार उपसमिती गठन गरिएको छ । जसमा : ललिता बिक, फुर्सी सुनार, फुर्सी केसी, चन्द्रीका केसी, खिमा पुन, तुलसी केसी, सुभद्रा केसी, दिनेश केसी, सरस्वती सुनार, कल्पना खत्री, निर्मला खड्का, मनसी थापा, नर बहादुर सुनार, बाबुराम शर्मा, सीता शर्मा, रन बहादुर खडका, टीका खडका, होम खडका, हरि प्रसाद केस, देवी बिक, कमला बिक, मिनराज रावत र भेष बहादुर खडका रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार