केरलाको तिरुवनन्तपुरममा मूल प्रवाहको संगठन निर्माण

तिरुवनन्तपुरम, २३ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तरगत पर्ने तिरुवनन्तपुरम नगर समितिले तिरुवल्लम एरिया समिति पुनरगठन गरेको छ ।

नगर अध्यक्ष टिकाराम बैजालीको पहलमा र दक्षिण भारत क्षेत्रीय समितिका चिरञ्जीवी शर्माको विशेष उपस्थितिमा उपस्थित साथिहरु बिच भेलागरी व्यापक छलफल बहस पश्चात एकमना एकताका साथ तिरुवल्लम एरिया समिति पुनरगठन भएको छ ।

टुकमान बैजालीको अध्यक्षताबाट अगाडि बढेको भेलाले १७ जनाको एरिया समिति गठन गरेको छ । जस्मा : अध्यक्ष– टुकमान बैजाली, उपाध्यक्ष– प्रेम कुमार नेपाली, सचिव– दिपक विक, सहसचिव– हुकुम सुनार कोषाध्यक्ष– गेम बहादुर विक, सदस्यहरुमाः टिकाराम बैजाली, मनोज विक, प्रेम विक, मीन बहादुर विक, करन कुँवर र चिरञ्जीवी शर्मा रहनु भएको छ । बैकल्पिक सदस्यहरुमाः राहुल विक, टोप बहादुर बराल, अर्जुन कुँवर र सल्लाहकारमा संतोष विक, दुर्गा बहादुर विक र एक स्थान रिक्त रहेको छ ।

भेलालाई सम्बोधन गर्दै दक्षिण भारत क्षेत्रीय समितिका चिरञ्जीवी शर्माले प्रवासि नेपालीहरु संगठित हुनुपर्ने आवश्यक्ता संगठनको महत्व र तत्काल सफल पार्नुपर्ने आठौं अखिल भारत सम्मेलनको बारेमा बोल्दै नव निर्वाचित समितिका साथिहरुलाई कार्यकाल पुर्ण सफलताको शुभकामना दिनुभएको भएको थियो ।

भेलामा दक्षिण भारत क्षेत्रीय समितिका चिरञ्जीवी शर्मा नगर अध्यक्ष टिकाराम बैजालीको अतित्थ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार