चेन्नई, २६ जनवरी । स्सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँ, रोल्पा निवासी ढक बहादुर केसीको छोरा बर्ष ४० को हरि बाहादुर केसी गत २१ डिसेम्बर २०२१ का दिन कोइम्बतुरदेखि चेन्नई आउने कर्ममा चेन्नईको रेलवाई स्टेशन चेन्नई सेन्ट्रलदेखि हराएका थिए ।
सो खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिलाई जानकारी प्राप्त भएपछि उत्तर नगर समितिका अध्यक्ष गोपाल विक र कोषअध्यक्ष विष्णु विकको नेतृत्वमा टोली खोज तलासमा लागेको थियो । तर उनलाई भेटाउन नसकेको पछि नेपाली समाचार र नेपाली अनलाई पत्रिकामा समेत प्रकाशित गरिएको थियो ।
सोही दिन उहाँ रेलबाट लडेर बायाँ हातका तिन औंला काटिएको र बिहोस् आबस्थामा रेलवाई पोलिसले चेन्नईको स्टालिन हस्पिटलमा बेवारिसे भनि भर्ना गरेको खबर प्राप्त भए पछि २६ जनवरी २०२२ को दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य काशिराम शर्मा क्षेत्रीय सदस्य कोटी प्रसाद पोख्रेल, चेन्नई उत्तर नगर समितिका उपाअध्यक्ष तेजेन्द्र थापा र कोषाध्यक्ष बिष्णु विकको टोली हस्पिटल पुगि हरि बहादुर केसीसँग समस्याको बारेमा सोधपुछ गरिएको थियो ।
आफू बिहोस भएको हुँदा केही जानाकारी नभएको र अहिले आफुले हातका औला गुमाएको भए पनि आफू सही रहेकोमा सन्तोष महसुश गरेको हरि बहादुरले बताएका थिए ।
उनको उपचारमा खटिएका डाक्टरसँग सम्पर्क गरि राय लिंदा उनको स्वास्थ्य अवस्था ठिक रहेको तर पहिलो अप्रेशन पछि कोरोनको लक्षण देखिएको हुँदा दोस्रो अप्रेशन गर्न ढिलो भएको बताएका थिए । दोस्रो पटक कोरोना परिक्षणमा दिएको रिपोर्ट सही आएमा आगमी २८ जनवरी २०२२ मा दोस्रो अप्रेशन गर्ने डाक्टरले बताए । भाई भेटिएको खबर जानकारी भए पछि उनको दाजस भल बहादुर केसी र भांजा लेखराज रावत इरोडदेखि उहाँको साथमा आउनु भएको छ । उहाँहरुसँग कुरा गर्दै कोटी प्रसाद पोख्रेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आबस्यक अनुसार आर्थिक नैतिक र भौतिक रुपमा सयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
हरि बहादुर केसीको घरमा श्रीमती एक छोरा र एक छोरी रहेको र छोरा हाल डाक्टर कोर्स र छोरी ११मा अध्ययन गर्दै रहेका छन् ।