नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिका उपाध्यक्ष थम्मन जिसी आज मोटर साइकल दुर्घटनामा परि घाईते हुनुभएको छ । वहाँको यतिवेला उडीसा राज्यको राजधानी शहर भूवनेश्वरस्थित निलान्चल निर्सिङ होमको सघन कक्षमा उपचार चलिरहेको छ । हामीलाई पूर्वी भारतबाट समर माझीले दिनुभएको जानकारी अनुसार दूर्घटनामा वहाँको टाउकोमा बढि चोट लागेको अस्पतालका चिकित्सकहरुले बताएको छन् ।
यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फदेखि समाजका महासचिव ठाकुर खनाल र पूर्वी भारत क्षेत्रीय समितिको तर्फबाट समितिका अध्यक्ष हरिप्रसाद शर्माले जिसीको सिर्घ स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।