कोयम्बटोरको अरसुरमा मूल प्रवाहको एरिया समितिको पुनर्गठन

कोयम्बतुर, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेला सहित अरसुर एरिया समिति पुनर्गठन सम्पन्न भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७, २८ फरवरी एंव १ मार्च २०२२ मा सम्पन्न हुन गैरहेको अखिल भारत सम्मेलन प्रचारात्मक भेलाहरु तिब्र गतिमा भारतका विभिन्न नगरहरुमा सम्पन्न भई रहेका छन्।

त्यसैक्रममा मूल प्रवाहको अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयमबतुर नगर समितिमा केन्द्रीय परिषद सदस्य रबि शंकर शर्मा, नगर कोषाध्यक्ष गोपल शर्मा र नगर सल्लाहकार सदस्य गनेण शर्माको विशेष उपस्थितिमा प्रचारात्मक भेला सम्पन्न गरिएको छ ।

उक्त भेलाको साथ साथै अरसुर एरिया समितिको पुनर्गठन गरिएको छ। भेलाले प्रेम नेपालीको अध्यक्षतामा ७ पुणर्, २ बैकल्पिक सदस्य र २ सल्लाहकार सदस्य गरि ११ जानाको अरसुर एरिया गठन गरेको छ । जस्मा : उपाध्यक्ष- भिम बहादुर हिताङ, सचिब- ननोज थापा, सहसचिब- दिलिप गिरी, कोषाध्यक्ष- भिम बहदुर थापा, सदस्यहरुमाः दिपक घर्ती, ओबिन घर्ती, बैकल्पिक सदस्यमाः माया नेपाली र राजु नेपाली रहनुभएको छ । त्यस्तै भेलाले प्रविन थापा र राजु हिताङलाई सल्लाहकार चयन गरेको छ ।

उक्त भेलामा मूल प्रवाहको बारेमा प्रस्टाउँदै केन्द्रीय परिषद सदस्य रबिशंकर शर्मा, नगर कोषाध्यक्ष गोपल शर्मा र नगर सल्लाहकार सदश्य गनेश शर्माले नब निर्बाचित पधादिकारीहरुलाई बधाइ तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार