पदम प्रसाद पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न

चेन्नई, ०३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चि, उत्तर र दक्षिण चार वटै नगर समितिहरुको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

पदम प्रसाद पौडेलको गत २२ जनवरी २०२२ मा हृदयघातबाट निधन भएको थियो । वहाँले दक्षिण भारतको चेन्नईमा लामो समयदेखि सक्रिय एवं अनुशासित रुपमा संगठनको कार्यमा क्रियाशिल हुनुका साथै प्रवासी नेपालीहरुको बीचमा लोकप्रिय हुनुहुन्थ्यो ।

१३औं दिनको दिन मृतक पदम प्रसाद पौडेलको संझनामा चेन्नई स्थित नगर समितिहरुको आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभा क्षेत्रीय सदस्य केशमान नेपालीको अध्यक्षता र चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्माको सञ्चालनमा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापाले पदम पौडेलले संगठनलाई दिएको योगदानको बारेमा चर्चा गर्दै- संगठनले एक जुझारु र कुशल कार्यकर्ता गुमाउनु परेको बताउनुभएको थियो । वहाँ संगठनमा खेलेको भूमिकाको स्प्रिटलाई आत्मसाथ गर्दै निरन्तरता दिएको खण्डमा नै वहाँप्रति सच्चा श्रद्धाञ्जली हुने भन्नुभएको थियो ।

केन्द्रीय सदस्य मदन शर्माले फुटपरस्त तत्वहरुले शोकको घडीलाई पनि क्यास गराउन खोजिएको प्रयत्नको निन्दा गर्दै आगामी दिनमा यसप्रकारका अशोभिनीय कामहरु हुन नहुने जिकर गर्नु भयो ।

श्रद्धाञ्जली सभामा क्षेत्रीय सदस्य काशिराम शर्मा, दक्षिण नगर समितिका रोम बहादुर सापकोटा, उत्तर नगर समितिका नारायण प्रसाद पौडेल, वेद प्रसाद कालाथोकी, बोम बहादुर कालाथोकी, पदम जीका जेष्ट सुपुत्र प्रकाश पौडेल, आफन्त निमलाल पौडेल, दामोदर पाण्डे, सन्तोष आचार्य, पदममाया नेपाली, मायाँ गुरुङ लगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार