हिसारमा मूल प्रवाहको प्रचारात्मक अभियानसहित संगठन विस्तार जारी

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रित गर्दै हिसार नगर समितिले दैनिक संगठन विस्तार तथा प्रचारात्मक कार्यक्रम तीब्र गतिमा सञ्चालन गरेको छ ।

मूल प्रवाह केन्द्रीय सल्लाहकार तारा सोमरे, महिला विभाग क्षेत्रका निरु सारु, नगर सदस्य सुरेश क्षेत्री, सिटी एरिया समिति ‘बी’ का अध्यक्ष केहर सिंह घर्ती मगर, इन्ड्रष्ट्रियल एरिया समितिका सदस्य बिजय बलाल र कोषाध्यक्ष कमला बगालेको संयुक्त पहलमा सिटी एरिया ‘बी’ अन्तर्गत पर्ने अनाजमण्डीमा सम्पन्न भेलामा मूल प्रवाहको संगठन तथा आठौं अखिल भारत सम्मेलनको विषयमा व्यापक छलफल तथा सदस्यता वितरण पश्चात टोल समिति गठन गरिएको छ ।

भेलाले सालिकराम कुमालको अध्यक्षतामा ७ सदस्यीय मन्डी ‘सी’ टोल समिति गठन गरेको छ । जसमा सचिव पुजा सुनार, कोषाध्यक्ष विष्णु घर्ती, सदस्यहरुमा रोमा कुमाल, पवन कुमाल, धनबहादुर कुमाल र रेनु रास्कोटी रहनु भएको छ ।

नव निर्वाचित समितिलाई महिला नगर संयोजक निरु सारुले शुभकामना दिनु भएको थियो । कार्यक्रम कमला बगालेको सञ्चालन तथा केहर सिंह घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार