बेंगलोरको एचएसआर लेआउटमा मूल प्रवाहको टोल समिति निर्माण

बेंगलोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत एचएसआर लेआउटमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय उपाध्यक्ष दशरथ विक, नगर अध्यक्ष नरेश विक र नगर सदस्य मान बहादुर विकको पहल कदमीमा सम्पन्न भेलाले लक्षमण विकको अध्यक्षतामा सो टोल समिति निर्माण गरिएको हो ।

जसमाः उपाध्यक्ष- रबिन्द्र सिंह रावल, सचिव- गणेश लावड, सहसचिव- पदमराम कामी, कोषाध्यक्ष- धर्म राम विक, सदस्यहरुमाः नरेश विक, बसन्ती विक, सुरेश विक र राजेश विक रहनुभएको छ ।

नयाँ समितिलाई क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विकले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार