चेन्नई अम्बातुरमा आठौं अखिल भारत सम्मेलनको प्रचार प्रसार

चेन्नई, ७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रचारात्मक कार्यक्रम र २०२२ को सदस्यता अभियान चेन्नईको आम्बातुर स्टेटमा सम्पन्न पारिएको छ ।

मूल प्रवाहले सधारण सदस्य समेतबाट निश्कासित गरिएका केही आनुशासन बिहिन तत्वहरुले पारेको भ्रमलाई स्पष्ट पार्दै क्षेत्रीय सदस्य कोटीप्रसाद पोख्रेलले मूल प्रवाहको सदस्य हस्तान्तरण गर्नुभएको थियो । पोखरेलले मूल प्रवाहको नामलाई कुनै पनि व्यक्तिले भजाएर श्रमजिवी नेपालीहरुलाई भ्रमित पार्ने कोशिस नगर्न र चेन्नई स्थित श्रमजिवी नेपालीहरु भ्रमित नहुन आव्हान गर्नुभएको थियो ।

पोखरेलले मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन नहुँदासम्म दुर्गा बहादुर केसी जी नै समाजको आधिकारीक अध्यक्ष र महासचिव ठाकुर खनाल रहको बताउनु भयो । त्यसकारण वहाँहरुद्धारा हस्ताक्षरित कागजातहरु नै संगठनको आधिकारिक कागजात भएको पोखरेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार