आठौं अखिल भारत सम्मेलनको व्यापक तयारी

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनको व्यापक तैयारी भइरहेको छ । सम्मेलनको उत्साहजनक रुपमा भईरहेको तयारीले केवल भारतमा मात्र नभई विश्वभरि छरिएर रहेका श्रमजिवी नेपालीहरुमा समेत सकारात्मक सोंच पैदा गरिरहेको छ ।

आठौं अखिल भारत सम्मेलनको तैयारीको करिव ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । विभिन्न नगर तथा क्षेत्रबाट प्रतिनिधि, पर्यवेक्षक, दर्शक, स्वयंसेवक, कलाकार, छनौट, हल बुकिङ, मेश व्यवस्थापन, आवश्यक प्रशासनिक प्रकृयाहरुमा लगायतका कार्यहरु तयार भैसकेको छ । यस अवस्थामा आइपुग्दा हजारौं कार्यकर्ताले अविचलीत रुपमा कश्मिरदेखि कन्याकुमारीसम्म तिव्र गतिमा प्रवासी नेपालीहरुको हकअधिकारको सुनिश्चित्ताको लागि चलाएको आन्दोलनको रणभुमी सुसज्जीत भईरहेको प्रतिबिम्व भइरहेको छ ।

संगठनका सबै नेता कार्यकर्ताहरु एकढिक्का भई केवल प्रचारात्मक अभियानलाई मात्र नभई संगठन विस्तार, सदस्यता वितरण एवं नेपाली समाचार साप्ताहिकको ग्राहक अभियान कार्यमा समेत जुटिरहेका छन् । केन्द्र, क्षेत्र, राज्य, नगर, एरिया एवं टोलसम्मका नेता कार्यकर्ताहरुले जोस, जाँगर, उमंग र हौसलाका साथ या भनौं आन्दोलन कै रुपमा आत्मसाथ गर्दै अगाडि बढिरहेका छन् । सामाजिक सञ्जालमा भएको गतिविधि र दिनदिनै देखिएको सांगठनिक गतिविधिलाई देख्दा भारतस्थित श्रमजिवी नेपालीहरुले आठौं अखिल भारत सम्मेलनलाई संगठन सुदृढीकरणको उत्वसवको रुपमा लिएको जो कसैले पनि महशुस गर्न सक्छन् ।

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नाराका साथ २७-२८ फरवरी र एक मार्च २०२२ को सम्पन्न हुने मूल प्रवाहको अखिल भारत सम्मेलनले भारतस्थित नेपालीहरुको हक अधिकारको रक्षाको साथसाथै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवाललाई प्रवास कै धर्तिबाट भए पनि दह्रो गरि उद्घोष गरिरहेको यथार्थलाई दर्शाइ रहेको छ । आठौं अखिल भारत सम्मेलन अभियानको तैयारीको धरातललाई हेर्दा सम्मेलन गर्ने निणर्यले सम्पुणर् कार्यकर्ताहरुमा नयाँ उर्जा थपिरहेको प्रतित हुन्छ ।

संगठनको नाम, रजिस्ट्रेशन नम्बर र लोगो समेतको दुरुपयोग गर्दै हिंड्ने मुठ्ठीभर अवसरवादीहरुले भारतव्यापी रुपमा इमान्दार कार्यकर्ताहरुमा भ्रम सृजना गर्ने कुचेष्टा दिनप्रति दिन नाकाम हुँदै गइरहेको छ । सम्मेलनका आर्थिक रसिदको प्रतिलिपी निकाल्ने, आफूहरु नै मूल प्रवाह भएको वा आफूहरु पनि दुर्गा बहादुर केसीले नेतृत्व गरेको मूल प्रवाहमा आवद्ध रहेको बताउँदै देब बहादुर लामिछानेले हस्ताक्षर गरेको नक्कली सदस्यता वितरण गर्ने, समानान्तर समिति सञ्चालन गर्ने र कैयन स्थानमा पुगेर वा फोन मार्फत भए पनि भ्रम सृजना गर्नेसम्मको अत्यन्तै निच कार्य फूटपरस्त तत्वहरुहले गरिरहका छन् । तर उनीहरुको त्यसप्रकारका सम्पूणर् प्रकारका क्रियाकलापले मूल प्रवाहको गर्विलो यात्रा र कार्यकर्ताहरुको स्प्रिडलाई रोक्न सकेको छैन । थप उत्साह र सक्रियता पैदा भइरहेको छ । जतीजती अखिल भारत सम्मेलन नजिकिंदै छ, त्यतीत्यती अवसरवादीहरुका भ्रमजालहरुलाई सचेत ईमान्दार र निष्ठावान नेता-कार्यकर्ताहरुको तुफानी कार्य स्पिडले बढार्दै लगेको छ ।

अराजक तथा फूटपरस्त तत्वहरुका भ्रमहरु निस्कृय भईसकेको अवस्थाले पुष्टि गर्दछ, कि आठौं ऐतिहासिक अखिल भारत सम्मेलन नकेवल देशको राष्ट्रियता र जनतान्त्रिक आन्दोलनलाई चाहिने दक्ष सिपाहि निर्माण गर्ने, मार्गमा मिलको पत्थर साबित हुनेछ, साथै लाखौं जनताको सच्चा अभिभावक बनेको मूल प्रवाह सबैभन्दा दक्ष इमान्दार र निष्ठावान कार्यकर्ता उत्पादन गर्ने उर्जात्मक संगठनको गौरवलाई अझ जिम्मेवारी पूणर् रुपमा निर्वाह गर्दै अगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार