यानी गुरुङप्रति हार्दिक श्रद्धाञ्जली

जापान नेपाली एकता समाज रक्तिम साँस्कृतीक अभियान केन्द्रीय समितिका सदस्य मधु गुरुङ मातृ शोकमा पर्नु भएको छ । मधु गुरुङकी आमा यानी गुरुङको लामो समय देखि उपचार चलिरहेको थियो । यानी गुरुङको उपचार कै क्रममा दुःखद निधन भएको बताइएको छ ।

यानी गुरुङको निधनको खबरले रक्तिम साँस्कृतिक अभियान जापान अत्यन्त मार्महित बताएको छ । मृतक यानी गुरुङप्रति भावपुणर् श्रद्धाञ्जली तथा शोकसन्तप्त परिजनमा रक्तिम साँस्कृतिक अभियान जापानले गहिरो समवेदना व्यक्त गरेको छ ।

स्मरण रहोस्, यानी गुरुङ सन १९८५-८६ तिर भारतको लुधियानको रक्तिम साँस्कृतिक अभियानको गायन बिधाको कलाकार हुनुहुन्थ्यो । वहाँले काखमा मधु र एक छोरीलाइ बोकेर पनि पञ्जाबका बिभिन्न शहरहरुमा पुगेर एकता समाजको संगठन विस्तारमा सहयोग पुर्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार