नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक यतिबेला नेपालको शहर एवं गाउँगाउँमा बस्तीमा मात्र सिमित नरही बिदेशमा रोजगारीको सिलसिलामा छरिएर बसेका नेपाली महिलाहरुमा पनि बढिरहेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दिर्घायुको कामना गर्दै व्रतबस्ने धार्मिक मान्यता रहेको छ । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ तर पनि यसको महत्वमा कुनै कमी देखिँदैन ।
हिजोआज सहरी क्षेत्रको तीज तडकिलो भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली छाडा शैली मिसिन थालेको देखिन्छ। फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको छ र यसको मौलिकता पनि हराउन थालेको छ । हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वाध्य छन् । कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छन् । के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं ? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं ? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोंच पनि बनाउन सक्छौं बेसाहारा पीडित नारीहरुलाई न्याय स्वतन्त्रताको प्रत्याभूती पनि दिन सक्छौं । यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोंच र भावनाको विकास गर्न सक्नु अति आवस्यकता देखिन्छ । व्रतालुहरु व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृती नै हो ।
हामी तीजमा विशेष श्रृंगार गर्छौं, गच्छे अनुसारको पहिरन लगाउँछौं । सोचौं गहना दुर्घटनाको कारण नबनोस् । भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस् । तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होशियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस् । तीज संस्कार र संस्कृतिले पूणर् बन्नु सक्नु पर्दछ । यसैमा छ तीजको महत्व पनि छ हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वध्य छन् । कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं ।
के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं ? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं ? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बर्गका बालबालिकाहरुलाई पुरस्कार’ बेसाहारा पीडित विशेष गरेर एक्कल महिलाहरु जुन यो समाज घरपरिवारबाट पीडित छ । न्याय र समान्ताका लागि रोइरहेको छ उनिहरुको आँसु पुछ्ने सोंच पनि बनाउन सक्छौं । त्यसैले यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोंच र भावनाको बिकास गर्दै तिज पर्बलाई मनाउ घरदेशदेखि प्रदेशमा रहनु हुने सम्पुणर् दिदि बहिनीहरुमा हरितालिका तिजको हार्दिक हार्दिक सुभ कामाना ।
बहराइन नेपाली एकता समाज अन्तरगत महिला बिभाग
बिस्नु ठकुरी
अध्यक्ष
बहराइन नेपाली एकता समाज
धन ब कार्की
अध्यक्ष