महिला श्रमिक दिवसलाई वर्गीय आन्दोलनको रुपमा लिनु पर्छ : खनाल

हिसार । अन्तर्राष्ट्रिय श्रमिका महिला दिवसलाई वर्गीय आन्दोलनको रुपमा लिनु पर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ । खनालले सो धारणा हिसार नगर समितिद्धारा आयोजित ११२ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवशलाई सम्बोधन गर्दै राख्नु भएको हो ।

‘वर्गिय लडाईद्धारा यो संरचना ध्वस्त पार्दै आमुल परिवर्तनको बाटोमा हिडन सिकाउने अभियानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्झनु पर्ने हुन्छ’ खनालले भन्नु भयो- ॅसमाजमा विभिन्न प्रकारले महिला दिवस मनाइने गरेता पनि श्रमजिवी वर्गको आयोजना हुने कार्यक्रमले नै ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व र सार्थक हुन्छ ।’

खनाले विभिन्न आरोह अबरोहका बीच पनि अत्यन्तै छोटो समय अबधिमा पनि आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको बताउनु भएको थियो । कतिपय अराजक तत्वहरुले सम्मेलनलाई भाँजो हाल्ने र विथोल्ने दुष्प्रयास गरेता पनि उनीहरुको चाहनालाई मूल प्रवाहको कार्यकर्ताहरुले परास्ता गरेको खनालको भनाई थियो ।

‘अब भारतस्थित नेपालीहरुलाई कसैले भनिरहनु पर्दैन को आँटी मूल प्रवाह हो ।’ खनालले भन्नु भयो- ‘अब कसैले डुब्लीकेट सदस्यता बोक्दै हिड्ने र भ्रम छर्ने कोशिस नगरे हुन्छ, अन्यथा त्यसको परिणाम पनि भुगतनु पर्ने छ ।’

उक्त सभामा महिला दिवश तथा राष्ट्रिय सम्मेलनको विषयमा गहकिला बिचार राख्दै बोल्ने अन्य वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, परिषद सदस्य केहरसिंह घर्तीमगर, महिला क्षेत्रीय विभागकी सेती राना, नगर सदस्य हुमाकान्त अधिकारी, समता विभागका श्याम बहादुर विक, महिला बिभाग दुर्गा ज्ञावली, सिटि ए बाट ओम प्रकाश तिवारी, बि एरियाबाट मन बहादुर घर्ती मगर लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम निरु सारुको अध्यक्षतामा तथा बाबुराम पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो भने नारायण विक तथा कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार