मूल प्रवाहको गौरवशाली इतिहासलाई माटोमा मिसाउन खोज्नेहरु परास्त भएका छन् : पौडेल

बैंगलोर, १३ मार्च । मूल प्रवाह भारत नेपाली एकता समाजको गौरवशाली इतिहासलाई माटोमा मिसाउन खोज्नेहरुलाई आठौं अखिल भारत सम्मेलनले परास्त गरेको केन्द्रीय सदस्य जनकराज पौडेलले बताउनु भएको छ । पौडेलले सो धारणा बेंगलोर दक्षिण एवं उत्तरको संयुक्त आयोजनामा सम्पन्न सन्देश सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राख्नुभएको हो ।

‘संगठन भित्र अनुशासनको पालना नगरी आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन खोज्ने अवसरवादी प्रवृत्तीहरुलाई र व्यक्ति प्रभुत्व वा महामहिम हुनु खोज्नेहरुलाई किनारा लगाउँदै आफ्नो इतिहासिक आठौं राष्ट्रिय अखिल भारत सम्मेलनले सफलता प्राप्त गरेको छ ।’ पौडेलले बताउनु भयो- ‘भारतमा छरिएर बसेका लाखौं नेपाली दाजुभाई दिदी बहिनीहरुको बीचमा सन्देश सभाहरु भइसकेका छन् ।’ मूल प्रवाहको नाम, झण्डा र दर्ता नम्बरसम्म दूरुपयोग गर्नेहरुलाई अब नछाड्ने पौडेलले बताउनु भएको थियो ।

कार्यक्रम तिलक बहादुर केसीको अध्यक्षता र भरत ओडको सञ्चालनमा प्रमूख आथिती मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, अतिथिहरुमा केन्द्रीय वैकल्पिक सदस्य नरेश विक, उत्तर नगर समितिका अध्यक्ष तथा केन्द्रीय परिषद् सदस्य धर्म पहरी, क्षेत्रीय समितिका उपाध्यक्ष तथा केन्द्रीय परिषद् सदस्य दसरथ बिक, केन्द्रीय महिला विभाग सदस्य पार्वती बिक, क्षेत्रीय महिला विभागकी सदस्य दुरा पहरी र क्षेत्रीय समितिका सदस्य तथा पाण्डेचरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्माको आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारणा पछि रक्तिम कलाकारहरुले स्वागत गीत र शब्दबाट स्वागत मन्तब्य रमेश बिकले गर्नु भएको थियो ।

सन्देश भेलामा केन्द्रीय वैकल्पिक सदस्य नरेश विक, उत्तर नगर समितिका अध्यक्ष तथा केन्द्रीय परिषद् सदस्य धर्म पहरी, दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष तथा केन्द्रीय परिषद् सदस्य दसरथ विक, क्षेत्रीय सदस्य तथा पाण्डेचारी नगर अध्यक्ष डिल्ली प्रसाद शर्मा, केन्द्रीय महिला विभाग सदस्य पार्वती बिक, क्षेत्रीय महिला विभाग सदस्य दुरा पहरी, उत्तर नगर समितिबाट उपाध्यक्ष ओम बहादुर दाहाल र चक्र बहादुर रावल, दक्षिण नगर समितिबाट उपाध्यक्ष परमानन्द कडायत र मान बहादुर बिक, उत्तर नगर महिला विभाग सदस्य निर्मला दाहाल र दक्षिण नगर महिला विभागबाट चाँदनी विकले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दक्षिण नगर समितिले नगर स्तरीय कलाकारहरुलाई भैलो प्रदर्शनको संदर्भमा सान्त्वना पुरस्कार पनि प्रदान गर्ने गरिएको थियो । उक्त पुरस्कार प्रमुख अतिथि जनकराज पौडेलले हस्तान्तरण गर्नु भएको थियो । रक्तिम कलाकारहरुले बीचबीचमा गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार