कटक र भूवनेश्वरमा सन्देश सभा सम्पन्न

कटक, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्र अन्तर्गत कटक नगर समितिले आठौं अखिल भारत सम्मेलनको संदेश सभा सम्पन्न गरेको छ । कटक नगर अध्यक्ष शिव कुमार सुतारको अध्यक्षता, नगर सदस्य लक्ष्मण रानाको उद्घोषक र ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनट मौनधारण पश्चात हलमा सहभागी महानुभावहरुलाई त्यसै नगर समितिका नरबहादुर बिकले स्वागत मन्तव्य दिनु भएको थियो ।

केन्द्रीय प्रतिनिधि सम्बर माझीले आठौं अखिल भारत सम्मेलनको संदेश बारे स्पष्ट विचार राख्नु भएको थियो । त्यस्तै भुवनेश्वर नगर समितिको तर्फबाट कौशल्या परियारले पनि आफ्नो अनुभब सहित महत्वपूणर् विषय राख्नु भएको थियो । केन्द्रीय सदस्य गिरीराज परियार र हेम कुमार थापाले गहकिला र महत्वपूणर् विचार सहित चुनौतीलाई सामना गर्दै जाने थप उर्जा दिनु भएको थियो ।

अन्तमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज यस पुर्बी भारत क्षेत्र अन्तर्गत केन्द्रीय सदस्य तथा परिषद् सदस्यहरुमा निर्वाचित हुनुभएका सबै साथीहरुलाई महिलाहरुको तर्फबाट सशिकला जिसीले शुभ कामना दिनु भएको थियो ।

त्यसैगरि १२ मार्च २०२२ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भूवनेश्वरमा आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न भएको छ । नगर अध्यक्ष रेकम जीसीको अध्यक्ष्यता, नगर सचिब केशव क्षेत्रीको सञ्चालन, ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनट मौनधारण र क्षेत्रीय उपाध्यक्ष थमन जिसीको स्वागत मन्तव्य पश्चात केन्द्रीय परिषद् सदस्य सम्बर माझीले उद्घाटन तथा मार्च पासको बारेमा प्रष्ट पार्नु भयो, नेपाली समाचार प्रतिनिधि तथा केन्द्रीय सदस्य गिरीराज परियारले बन्द सत्र तथा देश भित्रको स्थानीय चुनाबको बारेमा विचार राख्नु भएको थियो । घोषणा सभा तथा केन्द्रीय नीति र संगठनको भुमिका बारे केन्द्रीय सदस्य हेम कुमार थापाले प्रष्ट पार्नु भएको थियो । त्यस्तै कौशल्य परियारले पनि मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार