कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न भएको छ ।
अखिल भारत सम्मेलन २७, २८, फरबरी र १ मार्च २०२२ का दिन फरीदाबादमा एतिहासिक रुममा सम्पन्न भएको उक्त सम्मेलनको सन्देस सभा चन्द्र प्रसाद पौडेलको अध्यक्षतामा र प्रकाश शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात उपस्थिती जनसमुदायहरुलाई अरसुर एरिया समितिका भिम बहादुर हिताङ्ले शब्दबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा गोपाल शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं ऐतिहासिक सम्मेलनको सन्देश र मूल प्रवाहले खेल्दै आएको महत्वपुणर् भुमिका बारे प्रस्टाउँदै नयाँ साथिहरुलाई संगठनमा लाग्न आव्हान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्ने अर्का बक्ताहरु हुनुहुन्छ, प्रेम बहादुर नेपाली र भिम बहादुर थापा हुनुहुन्थ्यो ।
अन्त्यमा ८औं सम्मेलनको लागि आर्थिक सहयोग गर्ने सम्पुणर् साथिहरुलाई नगर समितिको तर्फदेखि धन्यवाद प्रकट गर्नुभएको थियो ।