सितम्बरम, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आठौं अखिल भारत सम्मेलन पश्चात् सितम्बरम नगर समितिको आयोजनामा सन्देश सभा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संगिता गायक र शहिदहरुप्रति एक मिनेट मौनधारण पछि प्रेम शर्माले स्वागत मन्तब्य दिनु भएको थियो ।
केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको प्रमुख आतित्थ्यता तथा चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य बालाकृष्ण गायक, केन्द्रीय परिषद सदस्य हेम बहादुर गन्धर्व, क्षेत्रीय समितिका सदस्य जीवन पराजुली, महिला विभागकी खिमा कुमारी जिसि लगायतको आतित्थ्यता रहेको थियो ।
प्रमुख अथिती शर्माले आठौं सम्मेलनको तयारी र आबस्यकता, फुटपरस्त र अराजक तत्वहरुको भ्रमजाललाई निस्तेज गर्दै संगठनको नीति कार्यक्रम र लक्ष्य बदलिएको परिस्थिति अनुसार संशोधन सहित सुनिश्चित गरेको छ । बिगतमा देखिएका गलत, महत्वाकांक्षी, फुटपरस्त र अराजकहरुलाई किनारा लगाएको इतिहासको शिक्षा जिबित थियो ।
उक्त शिक्षाले नै बर्तमानमा देखिएका अराजक, फुटपरस्त तत्वहरुलाई सांगठनिक र राजनैतिक रुपबाट परास्त भैसकेको हुँदा आबस्यक परे कानुनी प्रक्रियाबाट पनि निस्तेज गर्ने शर्माले बताउनु भएको थियो । सम्मेलनले लिएको निणर्यलाई ब्यबहारिक रुपदिनु नै संगठनका सम्पूणर् कार्यकर्ताहरुको जिम्मेवारी रहेको बताउनु भयो ।