काका र फुचुंग्री (भाग २८)

फुचुंग्री :- नेपालमा चुनाव हुँदैछ भन्छन, तपाईं जाने होइन र ?

काका :- प्रवासबाट देश भित्र हुने चुनावमा प्रचार-प्रसार गर्न, गिलासमा भोट हाल्न जाने परम्परा नै छ, यसपाली पनि भारत भरिबाट राष्ट्रिय जनमोर्चालाई जिताउन जाने व्यापक तयारी हुँदैछ ।

फुचुंग्री :- फुटपरस्त तत्वहरूले त चुनाव हार्छन् भनेर खुशी भएका छन् नि ?

काका :- चुनाव जित्नका लागि लडने हो, हार जीत स्वाभाविक हो, हामीले जनतालाई झुक्याउने खेल खेल्दैनौं, रक्सी, मासु, पैंसा प्रलोभनमा पार्दैनौं, विशुद्ध रूपमा राजमो नीति कार्यक्रमलाई जनताको बीचमा लैजाने कोशिश गर्छौँ ।

फुचुंग्री :- के हो त राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम ?

काका :- राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम भनेको राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा सम्झौताहीन संघर्ष गर्दै आएको छ । एमसीसी घातक छ, खारेज गर्नै पर्छ भनेको छ, संघीयता घातक छ खारेज गर्नु पर्छ भनेको छ । बेरोजगारी, महंगी, भ्रष्टाचारी, घुसखोरी, माफियाहरुको हालीमुहाली अहिलेको समस्या हो भनेको छ । महिला बेचबिखन, वैदेशिक रोजगार पनि गम्भीर समस्या हो भनेको छ । यिनै समस्याको समाधान गर्न गिलासमा भोट हालौं राष्ट्रिय जनमोर्चालाई अत्याधिक बहुमतले विजयी गराऔं भनेर जनताको बीचमा जनताको हितमा फिल्डमा जान्छौं ।

फुचुंग्री :- तपाईं यति मिठो राम्रो कुरा गर्नु भयो तर जनताले भोट त एमाले कांग्रेस माओवादीलाई किन दिन्छन नि काका ?

काका :- यस्तो छ जनता अझै सचेत र जागरुक छैनन्, सत्ता र शक्तिको नजिक हुन चाहन्छन्, पार्टीले गर्ने चुनावी खर्चमा रमाउन चाहन्छन्, विगतको चुनावमा एनसीएलको करोडौं रुपैयाँ खन्याएका थिए सबैले थाहा पाए, हामीसँग जनतामा बाड्ने अपिल समेत थिएन, हिँड्दा भात खाने पैंसा थिएन, फेरिपनि जनताले भोट दिए, वैचारिक रूपमा हामी विजयी भएका छौं ।

फुचुंग्री :- एमसीसी घातक छ, खारेज गर्नु पर्छ भन्ने, अनि चुनावी तालमेल तिनैसँग गर्ने यो कस्तो नीति हो बुझ्नै नसकिने ?

काका :– त पनि कति लाटी हो क्या ! चुनावी माहोलले हार जीत फैसला गर्छ, नीति सिद्धान्त आफ्नो ठाउँमा हुन्छ, विरोधीहरूको मोर्चाबन्दी भाको हुन्छ, जित्ने सम्भावना भएका सिट पनि गुम्ने खतरा हुन्छ, त्यसैले जहाँ जोसँग सम्भव हुन्छ प्रतिगामी इतर शक्तिहरू बाहेकसँग चुनावी तालमेल गर्ने पार्टीको पहिलेकै नीति कायम छ । हामीले राजमोको नीति र कार्यक्रम जनताको हितमा जनताको बीचमा लैजान्छौं । चुनाव जित्ने कोशिस गर्छौँ ।

फुचुंग्री :- फुटपरस्त तत्वहरूले त कांग्रेस र माओवादीको बैशाखी टेकेर दक्षिणपन्थी भए भन्दैछन् त ?

काका :– तिनीहरूले त एमालेको पुच्छर पनि भन्थे, अहिले आफै भन्न छाडे, समय आउँदा यो पनि भन्न छोड्छन्, नयाँ नयाँ खोज्छन् फेरि भन्छन, तिनीहरूको कामै विरोध गर्ने हो, तिनीहरू पनि जाँदैछन् चुनावमा, नयाँ के नै लछारपाटो लाएँ र ।

फुचुंग्री :- चुनाव रणनैतिक बहिष्कार भन्थें विप्लव पनि चुनाव तिरै ढल्किए छन् नि काका, राजा, राप्रपा सहितको शक्ति सन्तुलनको कुरा पनि गर्थे, लाज सरम छैन र यिनीहरूलाई ?

काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार