पाण्डेचरी, २१ मार्च । बियादि गाउँपालिका ३ रानीपानी पुर्तिडाँडा पर्वत निवासी, पाण्डेचरी कुमारापालेयम मिनाच्चि स्टिल कम्पनीमा विगत चार बर्षदेखि किचेनमा काम गर्दै आउनु भएका रमेश पराजुलीको निधन हुन गएको खबरले दुखित बनायो ।
२६ वर्षीय रमेश पराजुली गत शुक्रबार होलिको दिन खानाखाई दिउँसो रेस्ट गरिरहेको अबस्थामा संगै कम्पनीमा काम गर्ने साथिहरुले सोधपुछ गरि रुममा खोज्न गएपछि, उठाउने प्रयास गर्दा अचेत अबस्थामा देखेपछि त्यहाँ काम गर्ने करिव ११ जना नेपाली साथिहरुले कम्पनी मेनेजरलाई जानकारी गराएका थिए । लगत्तै गाडिको ब्यबस्था गरि जिपमेर हस्पिटलमा पुराएको तर रेशम पराजुलीको मृत्यु भईसकेको डाक्टरहरुले जानकारी दिएका थिए ।
भोलिपल्ट शनिवार प्रहरी प्रशासन सम्पुणर् प्रकृयाहरु पूरा गराउँदा गराउँदै र मृतकको घरबाट पनि सम्पुणर् रुपमा सहमति प्राप्त गर्न ढिला भएकोले सबै काम शनिबार हुन सकेको थिएन । मूल प्रवाह नगर सचिव, मृतकका आफन्त रमेश पराजुली र आफन्त ढाकाराम सहितको टोलिले कम्पनी मेनेजरसँग कम्पनी भित्र मृत्यु भएको कारण क्षतिपूर्तिको माग गर्दा कम्पनी मेनेजरले उहाँको आधारकार्ड पनि पिएफ सिस्टममा लिंक नभएको कारणले कानुनी रुपमा क्षतिपूर्ति पाउन नसके पनि मृतले गरेको कामको लेखाजोखा गरि कम्पनीको नियम अनुसार क्षतिपूर्ति दिलाउने वचन बद्दता गर्नुभएको थियो ।
आज सोमबार मार्च २१ गते सम्पुणर् प्रकृया पूरा गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता, मृतकका आफन्तजनहरु र कम्पनि मेनेजर सहित केही कम्पनी स्टाफहरुको उपस्थितिमा मेटुपालेयमको मसानघाटमा श्रद्धाञ्जली सभा सहित मृतक रमेश पराजुलीको अन्तिम दासंस्कार सम्पन्न गरिएको छ ।
श्रद्धाञ्जली सभाको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिका सचिव गोबिन्द शर्माले गर्नुभएको थियो । मृतकप्रति दुई मिनेट मौनधारण गरे पश्चात मूल प्रवाहको तर्फबाट केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, आफन्तजनको तर्फबाट अंकल माधव पराजुली र कम्पनीको तर्फबाट कम्पनी मेनेजर साधुले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
स्मरण रहोस आमा रुपा पराजुली र बाबु लिलाधर पराजुलीका पहिलो सन्तान रमेश पराजुली अबिबाहित हुनुहुन्थ्यो, भने मृतक रमेश पराजुलीका दुई बहिनी र एक भाइ हुनुहुन्छ ।