बहराइन नेपाली एकता समाजले मनायो १५औं स्थापना दिवस

बहराइन । बहराइन नेपाली एकता समाजले पन्ध्रौँ स्थापना दिवस मनाएको छ । अप्रिल १, २०२२ शुक्रबारका दिन औपचारिक रूपमा स्थापना दिवस मनाइएको हो ।

सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोख्रेलले बहराइनस्थित नेपालीहरूको बिचमा सङ्गठनले खेलेको भूमिकाबारेमा प्रकाश पार्नुभएको थियो ।

दलबहादुर गाहको सञ्चालन तथा धनबहादुर कार्कीको अध्यक्षतापछि अगाडि बढेको कार्यक्रममा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य प्रेम सारूमगरले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक सदस्य एलबी राना, महिला विभागकी अध्यक्ष विष्णु ठकुरी, रक्तिम परिवारका जङ्गु चौहान, रत्नसूर्य मगर र धनबहादुर ढेगा हुन्हुन्थो ।

बिच बिचमा रक्तिम परिवारका कलाकारले गीत र नृत्य प्रस्तुत गरिँदा कार्यक्रम उत्साहजनक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार