जापानमा नेपाली युवती मृत फेला

English English Nepali Nepali

टोकियो (जापान) । जापानको टोकियोमा एक नेपाली युवती मृत फेला परेकी छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–१४ घर भएकी २७ वर्षीया लक्ष्मी केसी मृत फेला परेकी हुन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित सिन्जुकु सिटिमा दिदी भिनाजुसँगै सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सनमा बस्ने केसीे आफै आत्महत्या गरेको नेपाली समुदायले बताएका छन् ।

विद्यार्थी भिसामा जापान प्रवेश गरेकी उनी पढाइ सकेर हाल एक कम्पनीमा कामदारका रुपमा भिसा परिवर्तन गरेकी थिइन् । उनले के कति कारणले मृत्यु रोजिन् त्यसबारे थाह पाउन नसकेको आफन्तले बताएका छन् ।

केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानमा रहेका केसीका आफन्तका अनुसार बुधबारसम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्यूको कारण पत्ता लाग्ने जापान प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार