स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौं । स्थानीय तहको निर्वाचनमा विशेष सुरक्षाका लागि नेपाली सेना परिचालित हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

सेना परिचालन गर्ने गरी स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना तयार भएको छ । यो योजना अनुसार सबै सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषदले चैत १७ गते सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको चैत २४ गतेको निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको छ ।

निर्वाचनमा मतपत्रको सुरुक्षा, मतपत्र छपाई र ढुवानीको सुरक्षा जिम्मा पनि सेनालाई दिइएको छ । यस्तै विमानस्थल, कारागार लगायत महत्वपूर्ण कार्यालयको सुरक्षा जिम्मा पनि सेनालाई दिएर त्यहाँ कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनमा खटाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार