नयाँ बर्षले सबैको सुरक्षा स्थापित

आज २०७९ साल बैशाख १ गते अर्थात यो बर्षको पहिलो दिन यो युग एक्काइसौं सताब्दीको युग हो । आजका दिनसम्म देश बिदेशमा प्रबिधिको दिन दोगुना रात चौगुनाको प्रतिस्पर्धामा बिकास भएको छ, तर पनि आज पनि देशको आधा भन्दा बढी जनसंख्या ढाकेको महिला जगतको शिशुदेखि बृद्धसम्मको अस्मिताको रक्षा र जीवन रक्षाको निम्ति प्रश्नबाचक चिन्न खडा भइराखेको छ ।

तत्कालै देशका विभिन्न स्थानहरुमा नाबालिकहरु माथि भएका बलात्कार र हत्याका घटनाहरुले उक्त परिबारलाई मात्र नभएर पुरै देशलाई अशुरक्षित महशुस गराइरहेको छ, सबैका मुटुहरु छिया छिया पारेको छ । बिडम्बनाको कुरा यस्ता किसिमका जघन्य अपराधहरु गर्ने नरभक्षीहरु नत कुनै अर्को बरमाण्डबाट आएका हुन् ।

नत अर्को देशबाट, नत अर्को प्राणी नै हुन् । यी त हाम्रै देशका अझ त्यसमा पनि वर्गको उत्पती पश्चात् हरेक देशको कानुन र परम्पराले घरदेखि देशका महत्वपूणर् निकायहरुमा मुखियाको रुपमा बिराजमान बनाएको मानव प्राणी हुन् । यहाँ सम्पूणर्लाई भन्न खोजीएको होइन ।

यहाँ त्यस्तो प्राणीलाई भन्न खोजीएको छ, जसले समाजमा रहेका सम्पूणर् पुरुष जगतलाई नै कलङ्कित पार्ने कोशिस गर्दै आयो, आफन्तप्रति नै अविस्वास गर्न बाध्य बनायो, जसले यस्ता किसिमका घटनाहरुलाई प्रोत्साहन दियो, जो देखेर पनि मुखदर्शक बन्यो, जसले महिला हिंसाका बिरुद्ध उठ्ने आवाजहरुलाइ दबाउने कोशिस गर्यो, जसले सबै किसिमका बिबादमा परेकाहरुलाई जहिल्यै राज्य सञ्चालनका महत्वपुणर् निकायहरूको लागि प्रस्ताबित गर्यो ।

देशका हरेक नागरिकको रेखदेख र संरक्षणको जिम्मा प्रथम राज्यको हुनुपर्छ । त्यसपछि अन्य संघ संस्था र राजनैतिक दलहरुको तर देशमा दुइतिहाईको बामपंथी सरकार पनि आयो दोशीलाई कार्बाइ र पिडितलाई न्याय दिलाउने कुरामा सदा बिफल नै रह्यो । अहिलेको सरकारले पनि यिनी बिषयहरुमा आजसम्म बोली अनुसारको तदारुकता देखाएको पाइएको छैन । बरु एमसीसी जस्तो कालान्तरमा देशलाई नै धरापमा पार्ने सम्झौता संसदबाट पास गरेर आफ्नो कार्यकाललाई कलंकित बनाएको छ ।

आजसम्म सबै देशका सरकारले राष्ट्रियता र जनजिबिकाको बिपरित बाटो समात्यो भने उसलाई सहि बाटोमा ल्याउन सरकार चलाउन सक्ने हतियार प्रदान गरेका जनता नै सचेत र संगठित भएर अगाडि आएका इतिहास छन् । अहिलेको नयाँ बर्ष र यो बर्षको पहिलो महिनाको ३० गते हुन लागिरहेको चुनाबमा सहि पार्टी र उत्कृष्ट उम्मेबारलाई आ-आफ्नो अमुल्य मत दिई बिजयी बनाएर आफुले केही राहतको श्वास लिन पाउने बाताबरण अहिलेबाट नै तयार पार्नुपर्छ र मात्र नयाँ बर्षको शुभकामनाको सार्थकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार