गोपाल शिवभक्तीलाई मूल प्रवाहद्धारा आर्थिक सहयोग

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले ३१ हजार ८७० रुपैयाँ नेपाली सहयोग गरेको छ ।

प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्युठान निवासी बुवा चुरामणि शिवभक्ती, आमा लक्ष्मी जुना देबि शिवभक्तीको जेठा छोरा गोपाल शिवभक्ती लामो समयदेखि पेटको बिमारी भई उनको पेटको मलद्वारको आन्द्रा चुडिएकोले भैरहवा मेडिकल कलेजमा उपचार चलिरहेको र उनको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई सहयोगको निमित्त अपिल गरेका थिए ।

सो समस्यालाई मध्यनजर गदरि कोचिन नगर समितिले ३ अप्रेल २०२२ देखि ५ अप्रेल २०२२ सम्म दुई दिनमा ३१ हजार ८७० रुपैयाँ आर्थिक चन्दा संकलन गरि रास्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समिति प्युठानका नगर सचिव गङगाराम बिसि मार्फत पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार